मर्मतपछि जोमसोम विमानस्थल सुचारु
काठमाडौँ । धावनमार्ग मर्मतका लागि भन्दै १५ दिन बन्द रहेको मुस्ताङको जोमसोम विमानस्थल सुचारु भएको छ ।
गत जेठ २५ गतेदेखि बन्द रहेको विमानस्थल असार ८ गतेदेखि सञ्चालनमा आएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका प्रमुख भानुभक्त कोइरालाका अनुसार निर्धारित समयमै मर्मत कार्य सकिएर सञ्चालनमा ल्याइएको हो । असार ८ गते खराब मौसमका कारण उडान तथा अवतरण हुन सकेन भने त्यसपछि नियमित उडान भइरहेको उनले जनाए ।
सोमबार ९ उडान भएको थियो भने मङ्गलवार ८ वटा उडान भएको उनले जनाए ।
हाल जोमसोम विमानस्थलबाट पोखराका लागि समिट एयर, तारा एयर र नेपाल वायुसेवा निगमले उडान भर्दै आएका छन् । अरू दुई एयरले नियमित उडान गरिरहेका छन् भने नेपाल वायुसेवा निगमले केही समयको लागि उडान बन्द गरेको छ।
तीन सेन्टिमिटर रहेको कालोपत्रेलाई थप गरी चार सेन्टिमिटर गरिएको छ । करिब आठ सय १५ मिटर लामो धावनमार्गको आवश्यक सुधारसँगै करिब दुई सय १५ मिटर दक्षिण–पश्चिमपट्टिको भू–भागलाई स्लो डाउन गर्ने काम भएको कोइरालाले बताए ।
विमानस्थल स्तरोन्नतिको जिम्मा एपेक्स निर्माण कम्पनीले पाएको थियो । गत असोजमा नौ करोड रुपैयाँमा सम्झौता भई फागुनदेखि निर्माण कम्पनीले काम सुरु गरेको थियो। हिमपातका कारण मर्मतको काममा केही ढिलाइ भएको थियो ।
पोखरादेखि १७ मिनेटको उडानमा जोमसोम पुगिन्छ। विमानस्थलमा साना जहाजका लागि ४ र हेलिक्पटरको २ वटा पार्किङ वे रहेको छ ।
उक्त विमानस्थल सुन् १९७६ सालदेखि सञ्चालनमा आएको हो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…