June 28, 2019

नेपाल नागरिक उड्डयन प्राधिकरण प्रमुखमा पोखरेल

Chief of Civil Aviation Authority काठमाडौँ । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को प्रमुखमा राजन पोखरेल नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रमुख महानिर्देशकको जिम्मेवारी दिएको हो । उनी यसअघि क्यानकै निमित्त प्रमुख एवं हवाई उडान सुरक्षा विभागका उपनिर्देशकका रूपमा रहेका थिए ।

उनले विस २०४७ साल मङ्सिर महिनादेखि तत्कालीन हवाई उडान विभागमा प्राविधिक अधिकृतको रूपमा सेवा प्रवेश गरेका थिए । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन कार्यक्रमका राष्ट्रिय संयोजक भएर समेत काम गरिसकेका छन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार शुक्रवार सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उनले नियुक्ति पत्र बुझेका छन् । नियमानुसार उनको कार्यकाल ४ वर्ष रहनेछ ।

नेपाली वायुसेवा कम्पनीहरुलाई युरोपेली देशमा लागेको उडान प्रतिबन्ध (सुरक्षा चासो सूची) बाट फुकुवा गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले जनाए ।

हवाई उडान तथा सुरक्षासँग सम्बन्धित विभिन्न कार्यका साथमा क्यानको संस्थागत सुधारको काम चुनौतीपूर्ण रहेको भन्दै उक्त कार्य आफ्नो पहिलो प्राथमिकतामा पर्ने उनले दाबी गरे ।

यस्तै उनले भैरहवा र पोखरामा निर्माणधिन अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालन र निजगढ विमानस्थल निर्माणको लागि आवश्यक पहल गर्ने उनले जनाए ।

गत जेठ १२ गते ४ वर्षे कार्यकाल पूरा गरी तत्कालीन महानिर्देशक सञ्जीव गौतमले अवकाश पाएसँगै निमित्त प्रमुखको रूपमा पोखरेलले काम गरेका थिए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…