June 28, 2019

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सङ्कटकालीन योजना अभ्यास’

  • शब्द र तस्बिर : समुन्द्रा घिमिरे 

Tribhuvan International Airport काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सङ्कटकालीन समयमा गरिने विभिन्न अभ्यासमध्ये अलर्ट ५ (बम थ्रेट टु एयरक्राप्ट) सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको छ।

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बद्ध विभिन्न निकायहरूको सहभागितामा शुक्रवार दिउँसो उक्त अध्यास गरिएको हो ।

अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न सम्बद्ध निकायहरू बिच सहयोगको अभिवृद्धि गराउने तथा सहभागी निकायहरूले निर्वाह गनुपर्ने भूमिकाका बारेमा रहेको थियो । जिम्मेवार निकायको भूमिका मूल्याङ्कन गरी आपत्कालीन अवस्थाको सामना गर्न सक्ने क्षमतामा अभिवृद्धि गराइ बम थ्रेटको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो सुचारु गराउने रहेको थियो ।

Tribhuvan International Airport यस्तो अध्यास गर्नुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मापदण्ड तथा यस विमानस्थलको एयरपोर्ट इमर्जेसी प्लान अनुसार गरिने योजनाबद्ध अभ्यास मात्रै भएको विमानस्थल कार्यालयले जनाएको छ ।

उक्त अध्यासको क्रममा दिउँसो ३:१० देखि ३:४० बजेसम्म नियमित उडान र अवतरण प्रभावित भएको थियो ।

Tribhuvan International Airport अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँको साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधि देखिएको थियो ।

नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाजलाई ‘डमी’ बनाइएको थियो । उक्त जहाज विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको थियो ।

Tribhuvan International Airport उडान नं इएक्सई १२४ एक्सरसाइस एयरलाइन्स नामक जहाजमा अलर्ट–५ अन्तर्गत जहाजमा बम रहेको सूचना आएपछि आपत्कालीन पूर्ण अभ्यास गरिएको हो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…