लमजुङको बेसीशहरमा अन्तराष्ट्रियस्तरको फिल्म सिटी बनाउने सम्झौता
लमजुङको बेसीशहर नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी बनाउने भएको छ ।
फिल्म सिटी बनाउने बारे स्काई ईन्टरटेन्मेन्ट ईन्भेष्टमेन्ट प्रालि र इटलीको कम्पनी वल्र्ड एरिया होल्डिङ एसआरएल कम्पनीबीच प्रारम्भिक सम्झौतामा भएको हो । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको उपस्थितिमा स्काईका आकाश अधिकारी र इटालियन कम्पनी एसआरएलका अध्यक्ष फ्रान्सिस्को सिग्नोरिल्लो हस्ताक्षर गरेका छन् ।
बेसीशहर नगरपालिकाको वडा ३, ४ र ५ स्थित गाउँसहर–पुरानोकोट–बाख्रेजगत–शितलेश्वाँरा क्षेत्र समेट्दै उक्त फिल्म सिटी बनाउने उल्लेख छ । उक्त फिल्मी सिटी ५ हजार रोपनी क्षेत्रफलमा फैलने र ५ अर्व ९० करोड रुपैयाँ लागत लाग्ने बताइएको छ । साथै ४ देखि ५ वर्ष निर्माणको समय लाग्ने छ ।
सम्झौंता हस्ताक्षर कार्यक्रममाका बेसीशहर नगर प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मीदेवी अधिकारीलगायतको सहभागिता रहेको थियो । फिल्म सिटीमा अन्तराष्ट्रियस्तरको प्रविधि सम्पन्न चलचित्र छायाङ्कन र सम्पादन स्टुडियोको सुविधा उपलब्ध हुने उल्लेख छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…