हिमाल आरोहण बन्द गर्ने कुरा हल्लामात्रैः विभाग
काठमाडौँ । नेपाल सरकारले कुनै पनि हिमाल आरोहण बन्द नगरिएको जनाएको छ । सगरमाथालगायत ४ सय १४ हिमाल नै आरोहणका लागि खुला रहेको पर्यटन विभागले जनाएको छ ।
‘हालसम्म नेपाल सरकारले आरोहण खुला गरेका सगरमाथा लगायत ४१४ हिमाल मध्ये कुनै पनि हिमाल आगामी वर्ष आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समय आरोहण रोक्ने विषयमा यस पर्यटन विभागमा अनौपचारिक रूपमा समेत छलफल भएको छैन’ विभागकी निर्देशक मीरा आर्चायले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विभागले आगामी केही वर्ष सगरमाथा आरोहण रोक्ने वा प्रतिबन्ध लगाउने विषयमा विभिन्न सञ्चार माध्यममा चर्चा भइरहेको भन्दै त्यसमा गम्भीर ध्यानाकर्षण भएको समेत उल्लेख गरेको छ ।
केही दिनअघि एउटा अनलाइन सञ्चार माध्यमले नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले एक वर्षको लागि सगरमाथा आरोहण रोकेर सफाइ गर्नु पर्छ भन्ने प्रस्ताव प्रधानमन्त्री केपी ओली समक्ष लगेको र त्यसलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेको समाचार प्रकाशित भएको थियो । पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिहरूले सगरमाथा आरोहण रोक्ने कुरा ‘मूर्खतापूर्ण’ भन्दै आलोचनासमेत गरेका थिए ।
विभागले विज्ञप्तिमा सगरमाथालगायत आरोहणका लागि खुला गरिएका हिमाल आरोहण रोक्ने भन्ने कुरा बस्तुगत नभएको उल्लेख गर्दै त्यस्तो हल्लाको पछि नलाग्नसमेत विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
बरु पर्वतीय पर्यटनलाई कसरी विश्वकै व्यवस्थित र सुरक्षित गन्तव्य बनाउने भनेर अध्ययन समिति गठन गरिएको विभागले जनाएको छ । उक्त समितिले समग्रमा पर्वतीय पर्यटनमा अपनाउनु पर्ने मापदण्ड, आरोहणमा संलग्न एजेन्सीहरूले उपलब्ध गराउने सेवा, सर्म्पक अधिकृत, रोयल्टी, फोहोर व्यवस्थापनलगायतका विषयमा सुझाव सङ्कलन गरिरहेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…