एभरेस्ट होटेल पुन: सञ्चालनको तयारी, कर्मचारीलाई सम्पर्कमा आउन सूचना
काठमाडौँ । लगानीको विषयमा सञ्चालकबीच विवाद र २०७२ सालको भूकम्पपछि बन्द रहेको पाँचतारे होटेल एभरेस्ट इन्टरनेशनल लिमिटेड पुन: सञ्चालनको तयारीमा छ ।
होटेल व्यवस्थापनले पुनः सञ्चालनका लागि भन्दै केही समयदेखि होटेलको जिर्णेदार/मर्मत सम्भार गरिरहेको छ ।
बुधवार व्यवस्थापनले श्रमिकलाई नियमित काममा फर्कन भन्दै १५ दिने सूचना प्रकाशन गरेको छ । सूचनामा इच्छुक सबै श्रमिकहरूलाई काममा फर्कन भनिएको छ । सूचनामा तोकिएको समयसीमा भित्र सम्पर्कमा नआए नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्नेसमेत उल्लेख छ ।
राजधानीको नयाँ बानेश्वरमा ३२ रोपनी क्षेत्रमा फैलिएको होटेलमा १ सय ६० कोठा छन् । भूकम्प पछि होटेल बन्द हुँदा व्यवस्थापन र मजदुर गरी २ सय ३७ जना कर्मचारी रहेका थिए ।
२०३७ सालमा उद्योग विभागबाट सञ्चालन स्वीकृति लिएर भारतीय नागरिक मकबुल अहमद लारीले होटेल सञ्चालनमा ल्याएका थिए । सञ्चालकहरू बिचको विवादका कारण होटेल बन्द गरिएको भन्दै श्रमिकहरूले पुनः सञ्चालन गर्न माग गर्दै आएका थिए ।
होटेलका मानव संसाधन विभागका प्रमुख नारायणप्रसाद पौडेलले होटेलले चाँडै सेवा सुरु गर्ने भन्दै काममा फर्कन पुराना कर्मचारीलाई आग्रह गरिएको बताए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…