July 18, 2019

सहरमा नयाँ : शान्त वातावरणको होटेल कुटुम्ब

Hotel Kutumba राजधानीको भिडभाडबाट दिक्क हुनुहुन्छ ? तपाईँलाई कुनै शान्त र सौम्य वातावरणमा बस्ने इच्छा छ ? तपाईका लागि ललितपुरको बखुण्डोलमा हालै मात्र खुलेको होटेल कुटुम्ब उपयुक्त हुन सक्छ ।

Hotel Kutumbaविकसित हुँदै गरेको पर्यटकीय क्षेत्र झम्सीखेल र पाटन दरबार लगायतका सम्पदा क्षेत्रहरूबाट पैदल दुरीमा रहेको यो होटेलले आधुनिक शैलीमा नेपालीपनलाई मिलाएर सेवा दिइरहेको छ ।

होटेलबाट करिब दुई किलोमिटरको हराहरीमा कुम्भेश्वर, गोल्डेन टेम्पल, पाटन दरबार क्षेत्र र कृष्ण मन्दिर पुग्न सकिन्छ ।

Hotel Kutumba‘यो बुटिक होटेल हो । यो नेपाली कला संस्कृति झल्किने गरी बनाइएको छ भने पारिवारिक वातावरणमा हामीले जोड दिएका छौँ’ होटेलका सञ्चालक सञ्जय पराजुली भन्छन्, ‘छतमा भएको बारबाट पुरै काठमाडौँ भ्यालीको दृश्यावलोकन गर्न सकिन्छ ।’

होटेलमा दुई सुइट, दुई जुनियर सुइट, १६ डिलक्स र दुई स्ट्यण्डर्ड कोठाहरू छन् । हरेक कोठामा नेपालका चर्चित पर्यटकीय स्थल, धार्मिक क्षेत्र, सांस्कृतिक अवयव तथा जनजीवन झल्किने खालका चित्रहरू सजाइएका छन् ।

होटेलको छतमा बार छ । यो बारको विशेषता के हो भने लाउन्जमा बसेरै काठमाडौँ सहरका साथै हिमालय श्रृंखला हेर्न सकिन्छ । नेपाली, ओरियन्टल र कन्टिनेन्टल खाना उपलब्ध गराइने अर्घ्या नाम दिइएको डाइनिङमा स्थानीय तथा अर्ग्यानिक उत्पादनलाई प्राथमिकता दिइन्छ ।

कफी गृहमा विभिन्न किसिमका अर्ग्यानिक तथा हिमाली भेगमा उत्पादन भएका चिया र कफी खुवाइन्छ । अधिकतम ७० जनाको क्षमता रहेको मन्जुश्री हल बैठक, सेमिनार तथा कार्यशालाहरू गर्न उपयुक्त छ ।

Hotel Kutumba

https://www.facebook.com/hotelkutumbapatan/videos/296900644596010/

थप जानकारीकोलागि : होटल कुटुम्ब

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…