July 22, 2019

उच्च स्थानमा हक्की खेलेर किर्तीमान कायम गर्नेलाई पर्यटन वर्ष सचिवालयद्वारा सम्मान

Nepal visit year secretariat
कीर्तिमानी बेलायती हक्की खेलाडीहरुलाई सम्मान गरिंदै ।

काठमाडौँ । अग्लो स्थानमा हक्की खेलेर विश्व कीर्तिमान् कायम गरेका बेलायती हक्की खेलाडीलाई नेपाल भ्रमण वर्ष २०२० सचिवालयले सम्मान गरेको छ ।

गत जुलाई १६ तारिखमा बेलायती हक्की खेलाडीको टोलीले मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ्ला पास गर्ने क्रममा १ घण्टा हक्की खेलेका थिए । आइतबार उनीहरूलाई नेपाल भ्रमण वर्ष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले टोपी र भ्रमण वर्षको लोगो प्रदान गरे ।

उनीहरूको ५ हजार २० मिटर उचाइमा हक्की खेलेका थिए । बेलायतबाट आएका ३४ जना व्यावसायिक हक्की खेलाडीमध्ये ३१ जनाले थोरङ्लामा हक्की खेलेका थिए ।

हक्की युरोपियन मुलुकका साथै एसियाको भारतमा पनि लोकप्रिय छ । नेपालमा भने विगत चार वर्षदेखि मात्र हक्की खेल्न सुरु भएको हो ।

खेलाडीलाई सम्मान गर्दै संयोजक वैद्यले भ्रमण वर्ष अभियानमा खेलकुद पर्यटनलाई पनि विशेष प्राथमिकता दिइने बताए । साथै छिट्टै सोलुखुम्बुको गोक्यो लेकमा हक्की प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जनाए । उनले नेपालमा साहसिक खेल, पदयात्रा, धार्मिक पर्यटनसहित खेलकुद पर्यटनको सम्भावना रहेको सन्देश दिएर विदेशी पर्यटक आकर्षण गर्ने उद्देश्यले हक्की खेलाडीलाई सम्मान गरिएको बताए ।

थोराङ्ला पासका क्रममा हक्की खेलको आयोजना नर्ब ट्रेक्स एन्ड एक्सिपिडिसन प्रा.लि.ले गरेको थियो ।

नेपालका उच्च भेग सोलुखुम्बु, जुम्ला, मनाङलगायत उच्च हिमाली क्षेत्रमा हक्की खेलको सम्भावना रहेको खेलाडीहरू बताउँछन् । हिमाली क्षेत्रमा निर्माणको चरणमा रहेका खेलकुद तालिम केन्द्रहरूमा हक्की, म्याराथन, आर्चरी र हेर्न रुचाउने खेलाडी, खेलप्रेमी तथा अन्य पर्यटकलाई आकिर्षत गर्दै नेपाल भ्रमणमा पर्यटकको सङ्ख्या वृद्धि गर्न टेवा पुग्ने विश्वास पर्यटन व्यवसायीले लिइएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० ले नेपालको नयाँ र अद्वितीय उत्पादनको परिचय तथा विस्तार गराउने उद्देश्यसहितका कार्यक्रम अघि बढाएको सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…