मोबाइल एप र वेबसाइटबाट टिकट काट्नेको सङ्ख्या दोब्बर
काठमाडौँ । निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले मोबाइल एप र वेबसाइटबाट टिकट खरिद गर्दा छुट्को घोषणा गरेपछि टिकट काट्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
आन्तरिक उडानका लागि मात्र गत जुलाई दोस्रो सातादेखि बुद्धले छुटको योजना ल्याएको थियो । बुद्धका बजार निर्देशक रुपेश जोशीका अनुसार छुट योजना नल्याउँदा सातामा टिकट खरिद गर्नेको सङ्ख्या १ सय ५० रहेकोमा हाल ३ सय पुगेको छ । अनलाइनमा टिकट काट्दा भाडा दरमा छुट दिइएको छ ।
‘हामीले यात्रुहरूले अनलाइन सिस्टमबाटै टिकट काटुन् भनेर विशेष छुटको योजना ल्याएका हौँ उनले भने, ‘हाम्रो मोबाइल एप र वेबसाइटबाट टिकट खरिद गर्न देश तथा विदेश जताबाट पनि सकिन्छ ।’
नेपाली, भारतीय र अन्य देशका नागरिकका लागि डलर भाडा दर कायम गरिएको बुद्धले जनाएको छ । मोबाइल एपबाट भाडा दर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यहरूबारे विस्तृत जानकारी लिन सकिन्छ ।
सन् १९९७ अक्टोबरबाट उडान सुरु गरेको बुद्धसँग २२ वर्षको उडान अनुभव छ । हाल बुद्ध एयरसँग ७ वटा ७२ सिटे एटिआर ७२–५००, तीन वटा ४२ सिटे एटीआर ४२–३२० र दुई वटा १८ सिटे बिचक्राफ्ट लगायत १२ वटा जहाजले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय उडानमा भारतका दुई सहरमा बुद्धले उडान गर्दै आएको छ भने एक सहरमा उडानको तयारी थालेको छ । हाल बुद्धले भारतको बनारस र कोलकात्तामा उडान गर्दै आएको छ भने गुवाहटीमा तयारी थालेको छ ।
त्यस्तै आन्तरिक उडानमा भद्रपुर, विराटनगर, सिमरा, जनकपुर, भैरहवा, नेपालगन्ज, धनगढी, चुम्लीङटार, भरतपुर र पोखरालगायतका क्षेत्रमा उडान गर्दै आएका छन् । बुद्धले पोखरा विमानस्थलबाट भरतपुर र भैरहवा समेत उडान गर्ने गरेको छ भने माउन्टेन क्षेत्रका आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…