August 2, 2019

अन्नपूर्ण बेस क्याम्पका होटलहरु भदौबाट सञ्चालनमा आउने

Hotels in Everest Base camp going to reopen
अन्नपूर्ण बेस क्याम्पका होटलहरु तयार भएका छन् ।

पुनर्निर्माणपछि अन्नपूर्ण बेस क्याम्पका होटलहरु भदौं १ गतेबाट सञ्चालनमा आउने भएका छन् । गत फागुनमा प्राकृतिक कारणले क्षति पुगेका सबै होटलहरुको पुनर्निर्माण पुरा हुन लागेको छ ।

अन्नपूर्ण सेन्चुरी लजका सञ्चालक जेवी गुरुङका अनुसार ९० प्रतिशत पुननिर्माणको काम सकिएकोले अव भदौ १ देखि सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

Hotels in Everest Base camp going to reopen
अन्नपूर्ण बेस क्याम्पका होटलहरु मर्मत तथा पुनर्निर्माणको क्रममा ।

बेस क्याम्पमा चार वटा होटलहरु छन् । गत फागुन ११ गते मौसम प्रतिकुल भएपछि होटलहरु सञ्चालनका लागि रहेका सबै कर्मचारी फर्केका थिए । पछि हेलिकप्टरबाट हेर्दा होटेलको भौतिक संरचनामा क्षति भएको देखिएको थियो ।

‘प्राकृतिक विपत्ति नै हो, तर माथिबाट पहिरो आएको चाहिँ देखिएको छैन’ गुरुङले हाइलाइट्स टुरिजमसँग भने, ‘धन्न मानवीय क्षति भएन ।’

होटलहरुको पुनर्निर्माण गरिएको र अव पाहुनाहरूलाई राख्न सकिने उनको भनाई रहेको छ । होटलहरु भएकोले तुलनात्मक रूपमा अन्नपूर्ण बेस क्याम्प ट्रेकिङ सहज मानिन्छ ।

Hotels in Everest Base camp going to reopen
यसरी पुगेको थियो क्षति ।

गुरुङले अहिलेलाई दुई सय जनासम्म पाहुनालाई बेस क्याम्पका होटलहरुले सेवा दिन सकिने पनि बताए । साथै होटेलमा कोठाहरू थप्ने योजना पनि रहेको जानकारी गराए । ‘हामी जेठदेखि थप्नका लागि काम सुरु गर्छौँ’ उनले भने ।

पर्यटन व्यवसायीहरू बेस क्याम्पको होटेल सञ्चालनमा नहुँदा समस्या भएको बताउँछन् । उनीहरूका अनुसार होटलहरु सञ्चालनमा नहुँदा धेरै समूहलाई अन्तै पठाउनु परेको थियो । ‘अन्नपूर्ण बेस क्याम्पका लागि आउन चाहने धेरै पर्यटकलाई अन्तै पठाउनु पर्‍यो’ पर्यटन व्यवसायी जय गुरुङले भने, ‘बेस क्याम्प नै जान्छु भन्ने कतिपयलाई हेलिकप्टरबाट पनि पुर्‍याएर ल्याउने काम भयो ।’

Hotels in Everest Base camp going to reopen

Hotels in Everest Base camp going to reopen

Hotels in Everest Base camp going to reopen

तस्बिरहरु सौजन्य : जेवी गुरुङ, जय गुरुङ र नरेन्द्र मोक्तान ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…