गोरखाको गुम्दामा आलु महोत्सवको तयारी
काठमाडौँ । यसअघि पर्यटकीय नगरी पोखराको हेम्जामा वर्षै पिच्छे हुँदै आएको आलु महोत्सव गोरखामा पनि हुने भएको छ ।
गोरखाको धार्चे गाउँपालिकामा आगामी भदौँ १ गतेदेखि ५ गतेसम्म आलु महोत्सवको तयारी गरिएको हो । गोरखाको धार्चे गाउँपालिका ५ गुम्दाको स्थानीय युवा क्लब र आलु उत्पादक कृषक समूहको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
गुम्दाको मुख्य उत्पादन नै आलु भएको भन्दै आलुको बजारीकरण गर्न महोत्सवको आयोजना गरिएको स्थानीय थामरा धार्चे युवा क्वलका अध्यक्ष धनप्रसाद गुरुङले जनकारी दिए । उनका अनुसार ५ दिन हुन आलु महोत्सवका आलुका विभिन्न परिकारका साथमा विभिन्न खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिनेछ । स्थानीय कला, संस्कृति, पर्यटन र कृषिको विकास गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ ।
तीन सय घरधुरीको बसोबास रहेको गुम्दामा प्रत्येक घरले वार्षिक रूपमा २५ टन आलु उत्पादन गर्दै आएका छन् । गाउँमा उत्पादित आलु गोरखाका विभिन्न बजार हुँदै काठमाडौँ, पोखरा र चितवनमा समेत पुग्ने गरेको अध्यक्ष गुरुङ बताउँछन् ।
पछिल्लो सयौँ प्रत्येक घर परिवारले आलु उत्पादन गरेपछि गाउँमा नै करिब एक सय टन क्षमताको आलु भण्डारण (कोल्ड स्टोर) केन्द्र पनि स्थापना गरिएको छ ।
पाँच दिनको उक्त महोत्सवमा करिब ७ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । जसमा आलु महोत्सवका लागि वडा कार्यालयले तीन लाख रुपैयाँ विनियोजन गरेको वडा अध्यक्ष तुलबहादुर गुरुङले जानकारी दिए ।
उक्त महोत्सव गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले उद्धघाटन गर्ने तयारी भएको आयोजकले जनाएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…