श्री एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय परीक्षण उडान गर्दै
काठमाडौँ । निजी क्षेत्रको लगानीमा आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ । अन्तर्राष्ट्रिय उडान अन्तरगत श्रीले सोमबार भारतको बनारसमा पहिलो परीक्षण उडान गर्दैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउसो २ बजे बनारसको परीक्षण उडान हुने एयरलाइन्सका निर्देशक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार पहिलो उडान कम्पनीको सिआरजे २०० विमानबाट हुनेछ ।
अन्तर्राष्ट्रिय उडानको लागि नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति मागेको लामो समयपछि मात्रै श्रीले परीक्षण उडान भर्न लागेको हो । सोमबारको परीक्षण उडान पछि मात्रै उडान अनुमति पाउने एयरलाइन्सले जनाएको छ ।
बनारसको पहिलो परीक्षण उडानमा करिब २० जनाको सहभागिता रहने कम्पनीले जनाएको छ । जसमा कम्पनीका प्रतिनिधि, क्यानको प्रशिक्षक पाइलट, इन्जिनियरलगायतको सहभागिता रहनेछ ।
सन् २०१७ देखि आन्तरिक उडान गर्दे आएको श्री एयरलाइन्सले तीन वटा विमानबाट तराइका ५ गन्तव्यमा नियमित उडान गर्दै आएको छ । जसमा भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी छन् ।
हाल श्रीसँग जेट इन्जिन र बम्बार्डियर ७८ सिट क्षमताको सीआरजे ७००, ५० सिट क्षमताको सीआरजे २०० मोडेलका तीन वटा जहाज रहेका छन् । क्यानले अनुमति दिए लगतै भारतबाहेक बंलगादेश, थाइल्यान्ड, चीन र खाडी मुलुकहरूमा समेत उडान भर्न तयार भएको निर्देशक मानन्धरले बताए ।
नेपाली निजी क्षेत्रको विमान कम्पनी बुद्ध एयरले यसअघि देखि नै बनारसमा उडान भर्दै आएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…