August 16, 2019

तेमाल मेलामा ११ वर्षीय कान्छी झाँक्री

Nepali shamans in Temal Festival
तेमाल मेलामा सबैभन्दा कान्छी झाँक्री बिनिता थिङ ।

यसवर्षको तेमाल मेलामा ११ वर्षीय बिनिता थिङ पनि सहभागी थिइन् । मयुरको प्वाँख जडित झाँक्री टोपी लगाएकी बिनिता सेतो पहिरनमा थिइन् ।

काभ्रेकै बन्खुबाट यही मेलामा आफ्नो झाँक्री शक्ति आर्जन गर्न आएकी बिनिता राति १२ बजे नै उठेर ५ घण्टा हिँडेर तेमाल आइपुगेकी हुन् ।

Nepali Shamans in Temal Festival
तेमाल मेलामा सबैभन्दा कान्छी झाँक्री बिनिता थिङ ।

यहाँ आउनु अघि उनले ९ दिन गुफा बसेर तन्त्र मन्त्र सिकेको पनि बताइन् ।

बर्सेनि झैँ यस वर्ष पनि जनैपूर्णिमाको दिन काभ्रेको ऐतिहासिक क्षेत्र तेमालमा झाक्रीहरुले विधिपूर्वक पूजा गरेर सिद्धि लिए ।

काभ्रेका विभिन्न क्षेत्रबाट आएका बोन्बो झाँक्रीहरूले नारायणको थानमा पूजा गरेर आफ्नो मात्र होइन जगतकै रक्षाको लागि समेत कामना गरेका छन् ।

Nepali Shamans in Temal Festival जनैपूर्णिमाको दिन यसरी झाक्रीहरु भेला भएर पूजा आज गर्ने काम परापुर्वकालदेखि नै चल्दै आएको बताइन्छ । यहाँ आउनु अघि ९ दिनसम्म उपबासहितको गुफा बस्ने गर्दछन् ।

गुफाबाट निस्केर यहाँ आइ पूजा गरेपछि शक्ति आर्जन हुने उनीहरूको भनाई रहेको छ ।

झाँक्रीहरूले यहाँ झारफुक समेत गर्दछन् । उनीहरूले सामूहिक रूपमा झारफुक गर्छन् ।

बौद्ध गुरु पद्मसंभव तेमालमा बसेर तिब्बत गएको बताइन्छ । त्यसैले यस क्षेत्रलाई हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पवित्रस्थलको रूपमा लिन्छन् ।

Nepali Shamans in Temal Festival यहाँ जनैपूर्णिमामा लाग्ने मेलालाई ‘जेरी’ मेलासमेत भनिन्छ । पहिला पहिला यो मेलामा आएपछि जेरी खाना पाउने भएकोले यसलाई जेरी मेला भन्न थालेको स्थानीयहरू बताउँछन् ।

Nepali Shamans in Temal Festival

Nepali Shamans in Temal Festival

Nepali Shamans in Temal Festival

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…