गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) को साधारणसभा भदौ ७ गते
काठमाडौं । पर्यटन क्षेत्रमा आवद्ध भएका गुरुङहरुको साझा संगठन गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) को बार्षिक साधारण सभा यही भदौँ ७ गते काठमाडौंमा हुने भएको छ ।
जिटिनको ७ औँ साधारणसभामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति समेत चयन हुनेछ ।
पर्यटन व्यवसायमा संलग्न भएका गुरुङहरुलाई एकताबद्ध बनाउने उद्देश्यले वि. सं २०६८ सालमा जिटिन स्थापना गरिएको हो । गत बर्ष साधारण सभा गर्न नपाएको भन्दै यसै वर्ष जिटिनको छौटौ र सातौँ साधारणसभा एकै पटक गर्ने तयारी गरिएको जिटिनले जनाएको छ ।
जिटिनका महासचिव ईश्वर बहादुर गुरुङका अनुसार संघमा हाल १ सय ८० जना गुरुङ पर्यटन व्यवसायी आवद्ध छन् । यसअघि १५ कार्यसमिति रहँदै आएको जिटिनमा यो वर्षदेखि १७ जनाको कार्यसमिति बनाउने तयारी भएको छ । साधारण सभाबाट विधान संशोधन गर्ने तयारी भएको महासचिव गुरुङले जानकारी दिए ।
हालसम्म सहमतिमै कार्यसमिति छनौट हुँदै आएको छ । हाल पनि सहमतिमै नेतृत्व चयन गर्ने तयारी भएको छ ।
नयाँ कार्यसमितिमा अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, महिला कोषाध्यक्ष, सहकोषाध्यक्ष, २ महिला र अन्य ८ जना सदस्य रहने छन् । यसमा पर्वतीय पर्यटनमा लागेका होटल, ट्रेकिङ, ट्राभल्स, कार्गोका साथै पर्यटन क्षेत्रलाई सहयोग पुर्याउने विभिन्न संघ संस्थाहरु आवद्ध हुन पाउँछन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…