August 20, 2019

सिम्रिक एयरलाइन्सको उडान बन्द

Simrik Airlinesकाठमाडौँ । आन्तरिक उडान गर्दै आएको सिम्रिक एयरलाइन्सको उडान बन्द भएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ताकेकोभन्दा फरक पार्टपुर्जा विमानमा प्रयोग गरेको भन्दै मङ्गलवारदेखि उडान रोकेका हो ।

उडान बन्द भएपछि सिम्रिकको काठमाडौँदेखि भरतपुर, पोखरा र भैरहवाको सबै उडान रोकिएका छन् । सन् २००९ देखि उडान सुरु गरेको सिम्रिकसँग ५ वटा बिचक्राप्ट १९०० जहाज रहेको छ ।

क्यान उच्च स्रोतका अनुसार एक वर्ष अगाडि पनि सिम्रिकले तोकेभन्दा फरक पार्टस् प्रयोग गरेको थियो । पहिलो चरणमा सामान्य चेतावनीसहित जरिवाना गरे पनि पुन: उही गल्ती गरेको भन्दै ग्राउण्डेड गरिएको हो ।

क्यानका महानिर्देशक राजन पोखरेलका अनुसार विभिन्न एयरलाइन्स कम्पनीहरूले प्राधिकरणले निर्धारण गरेका पार्टपुर्जा मात्र जहाजमा प्रयोग गर्नुपर्छ । क्यानले एयरलाइन्स कम्पनीको जहाज अनुसार पार्टसको प्रकार सिफारिस गर्ने गर्छ ।

क्यानले उडान बन्द गरेपछि सिम्रिक एयरलाइन्सका प्रमुख बजार प्रबन्धक प्रज्वल थापाले केही पार्टसको डकुमेन्ट नमिलेर प्राधिकरणले रोक लगाएको हुनसक्ने बताए । उनले बुधवार सम्ममा सबै कुरा मिल्ने र उडान सुरु हुने बताए ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…