August 22, 2019

सगरमाथा क्षेत्रमा प्लाष्टिकका झोला र बोतल प्रतिबन्ध

Sagarmatha-10 world heritage site in Nepal
Everest region

स्थानीय सरकारले सगरमाथा क्षेत्रमा ३० माइक्रोन भन्दा पातालो प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । सगरमाथा क्षेत्रको प्रदुषण विश्वव्यापी चासोको विषय भइरहेको बेला खुम्बु पासाङ्ल्हामु गाउँपालिकाले आफ्नो क्षेत्र भित्र यस्तो प्रतिवन्ध लगाएको हो ।

यसका साथै कोक, फेन्टा, पेप्सी, मिरिन्डा, स्प्राइटलगायतका पेया पदार्थ प्लाष्टिकको बोतलमा आयात गर्न पनि बन्देज लगाइएको छ । गाउँपालिकाको पाँचौं सभाले जलवायु परिवर्तनलगायत हिमालमा परेको वातावरणीय असर तथा मानव स्वास्थ्यलाई समेत ध्यान राखेर प्रतिबन्ध लगाइएको जनाएको छ ।

यो निर्णय जनवरी १ गतेदेखि लागु गरिने र उक्त मिति अगावै गाउँपालिका क्षेत्रभित्रका स्थायी बासिन्दालाई पाँच प्रकारका झोलाहरु वितरण गरिनेसमेत गाउँपालिकाले सूचना जारी गरी जनाएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…