टानको निर्वाचन तालिका सार्वजनिक, सदस्यता नवीकरणको समय भदौँ १३ सम्म
काठमाडौं । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ् नेपाल (टान) को ४१ औँ वार्षिक साधारण सभा आगामी भदौँ २० गते हुदैछ । उक्त साधारणसभाले आगामी २ वर्षका लागि टान पदाधिकारीको छनौट गर्नेछ ।
भाद्र ५ गते बसेका टानको ४४ औँ पूर्ण बैठकले निर्वाचनको गतिविधि सार्वजनिक गरेको छ । जसमा साधारणसभामा भाग लिने सदस्यहरुलाई सदस्यता नवीकरणको अन्तिम मिति, उम्मेद्वारी घोषणा, प्रचारप्रचारलगायतको विषयमा निर्णय गरेको छ ।
जसअन्तरगत निर्वाचनमा सहभागिता जनाउनका लागि आगामी भदौँ १३ गते बेलुका ५ बजेसम्म सदस्यता नवीकरण गर्न सदस्यहरुलाई आग्रह गरेको छ । हालसम्म टानमा करिव १२ सय सदस्यले सदस्यता नवीकरण गरिसकेका छन् ।
त्यस्तै बिहीबार बसेको बैठकले निर्वाचनका लागि मतदाताको नामावली भदौँ १४ गते विहान ११ बजे प्रकाशन गर्ने, नामवलीमा दावी विरोधको समय १५ गते दिउँसो ३ बजेसम्म र दावीविरोध पछिको अन्तिम नामावली प्रकाशन १५ गते बेलुका ५ बजे सम्मका लागि तोकेको छ ।
त्यस्तै उम्मेद्वारका लागि दरखास्त दिने मिति भदौँ १६ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकेको छ । जसमा उम्मेद्वारले उम्मेद्वारीका लागि तोकिएको आवश्यक शुल्क बुझाएर मात्रै दरखास्त दिन पाउने छन् । उम्मेद्वारले बुझाएको उक्त शुल्क फिर्ता हुनेछैन ।
त्यस्तै उम्मेद्वारको नामवली १६ गते बेलुका ५ बजे प्रकाशन गरिन्छ । त्यस्पछि उम्मेद्वारको दावी विरोधका लागि १७ गते दिउँसो १ बजेसम्मको समय दिईएको छ । उक्त दावीविरोध पछि निर्वाचन समितिले दोस्रो नामावली २ बजे प्रकाशन गर्नेछ ।
त्यस्तै उम्मेद्वारको नामावली फिर्ता १७ गते अपरान्ह ४ बजेसम्म, उम्मेद्वारको अन्तिम नामवली प्रकाशन १७ गते अपरान्ह ५ बजेसम्म तोकिएको छ । टानको निर्वाचनमा मतदान २० गते दिउँसो १ बजेदेखि ५ बजेसम्मको लागि तोकिएको छ । त्यस्तै उम्मेद्वारहरुलाई भदौँ १८ गतेदेखि निर्वाचन प्रचारप्रसार गर्न नपाउने, १९ गते मौन अवधि सुरु हुने र २० गते निर्वाचनको हल बाहिरसमेत चुनाव प्रचारप्रसार गर्न पाउने छैनन ।
त्यस्तै टानको निर्वाचनमा उम्मेद्वार हुनका लागि टान सदस्य एजेन्सीको सञ्चालन समितिमा रहेका व्यक्ति मात्रै संघको निर्वाचनमा मतदानमा भाग लिन वा उम्मेद्वार बन्न पाउँनेछन् ।
त्यस्तै एउटा बार्षिक साधारण सभामा भाग लिएको सदस्यले मात्र उम्मेद्वार हुन पाउने छन् । त्यस्तै टानको नयाँ सदस्यका लागि सदस्य भएको ६ महिना पुगेका सदस्यले मात्रै मतदानमा सहभागिता जनाउन पाउनेछन् ।
यसअघि टान कार्यसमितिको ४१ औँ बैठकले आगामी साधारणसभाका (निर्वाचनका) लागि उम्मेदवारी दिने पदाधिकारीहरुको उम्मेदवारी शुल्क घोषणा गरिसकेको छ । कार्यसमितिको निर्णय अनुसार अध्यक्ष पदको उम्मेदवारीका लागि ६० हजार, पदाधिकारीका लागि ४० हजार र सदस्यका लागि २५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको छ। अध्यक्ष, पदाधिकारी र सदस्य पदका लागि उम्मेदवारी दिने उम्मेदवारले तोकिएको शुल्क बुझाउनुपर्छ ।
नयाँ कार्यसमितिका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र ९ सदस्य गरि १७ सदस्यीय निर्वाचित कार्यसमिति रहनेछ । ९ सदस्य मध्येमा १ जना महिला अनिर्वाय रहने टान सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार निर्वाचित १७, मनोनित ६ सदस्य, १ निर्वतमान अध्यक्ष र १ जना पोखरा टानका अध्यक्ष गरि सन् २०१९ देखि २०२१ सम्मका लागि २५ जनाको कार्यसमिति हुनेछ ।
साधारणसभाका लागि टान सञ्चालक समितिको वैठकले प्रमुख निर्वाचन अधिकृतको जिम्मेवारी टानकै कानुनी सल्लाहकार रमेश कुमार मैनालीलाई दिएको छ । मैनालीले निर्वाचनको सम्पूर्ण तयारी गर्नेछन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…