जिटीनको अध्यक्षमा अम्बिर गुरुङ, डा. हर्क गुरुङ अवार्ड सुनारलाई
गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटीन) को दोस्रो महाधिवेशनले शनिवार अम्बिर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ईश्वर गुरुङ, द्वितीय उपाध्यक्षमा पीताम्बर गुरुङ, महासचिवमा किशन गुरुङ, सचिवमा बाबुराम गुरुङ, कोषाध्यक्षमा बिन्दु गुरुङ र सहकोषाध्यक्षमा जय गुरुङ चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा महावीर गुरुङ, अविनाश गुरुङ, अम्बिर गुरुङ (इलाम), दिल गुरुङ, धन बहादुर गुरुङ, रेणुका गुरुङ र दिलु गुरुङ रहेका छन् । त्यस्तै जिटीन पोखराबाट एक जना र कार्यसमितिले १ जना गरी २ जना पछि मनोनीत गरिने छ ।
सुनार र लाललाई अवार्ड
कार्यक्रममा यस वर्षको जिटीन डा. हर्क गुरुङ अवार्ड नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक सुनारबहादुर गुरुङलाई र जिटीन पत्रकारिता पुरस्कार पत्रकार लाला गुरुङलाई प्रदान गरिएको छ ।
उनीलाई प्रतिनिधि सभाका सांसद पार्वत गुरुङ तथा जिटीनका अध्यक्ष कमला गुरुङले अवार्ड हस्तान्तरण गरेका थिए ।
धार्चे गाउँपालिका ४ लाप्राकका गुरुङले सन् २००८ मा फ्रान्सको एनसा विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकको डिग्री हाँसिल गरेका थिए।
त्रिनेत्र एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक गुरुङ नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका उपाध्यक्ष, गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्ष २०१९, ०२०, ०२१ र ०२२ को मूल आयोजक समितिका सदस्य, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घका संस्थापक उपाध्यक्ष तथा निवर्तमान अध्यक्ष समेत हुन् ।
स्याङजाका पत्रकार गुरुङ लामो समयदेखि पर्यटनलाई मूल विषय बनाएर श्रव्यदृष्य माध्यमहरूका काम गर्दै आएका छन् । पछिल्लो समय हाइलाइट्सटुरिजम डट कमका प्रबन्ध सम्पादक छन् ।
त्यसै गरी जिटीनले संस्थापक अध्यक्ष तथा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का महासचिव कुलबहादुर गुरुङ, संस्थापक महासचिव टिकाराम गुरुङ, गुरुङको इतिहासमा हालै मात्र विद्यावारिधि गरेका डा. टेक गुरुङ, नेपाल नीति अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. गणेश गुरुङ, पर्यटन व्यवसायीहरु नारायण कोने, धनबहादुर गुरुङ, लक्ष्मी गुरुङ, देवकी गुरुङ र रूपचन्द्र गुरुङलगायतलाई सम्मान गरिएको थियो ।
पर्यटनमा गुरुङको ठुलो योगदान
नेपाल नीति अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले गुरुङ समुदायको पर्यटनसँग लामो समयदेखिको साइनो रहेको बताए ।
उद्घाटन समारोहमा बोल्दै उनले सन् १९५० मा पहिलो पटक मोरिस हरजोगले अन्नपूर्ण हिमालको आरोहण गरेर ८ हजार मिटर भन्दा अग्लो हिमालको आरोहणमा सफलता पाएको उल्लेख गर्दै हरजोगको आरोहण दलमा धेरै गुरुङहरूले काम गरेको बताए ।
‘हरजोगले अन्नपूर्ण भन्ने पुस्तक लेखेका छन्, त्यो पुस्तक त्यस बेला युरोपमा बाइबल भन्दा पनि धेरै बिकेको थियो भनिन्छ, हो त्यही किताबबाट कति गुरुङ सहभागी थिए भन्ने बुझ्न सकिन्छ’ उनले भने, ‘यसरी सुरु हु्न्छ पर्यटनको गुरुङको संलग्नता ।’
कार्यक्रममा सिक्किमका पूर्व पर्यटन मन्त्री गर्ज बहादुर गुरुङले सिक्किमका ७ लाख जनसङ्ख्याले २५ लाख पर्यटकलाई धान्नु पर्ने अवस्था भएको उल्लेख गर्दै नेपालमा पर्यटनको धेरै राम्रो संभावना रहेको बताए । साथै उनले सिक्किमलाई पूर्ण रूपमा विषादी मुक्त बनाइएको उल्लेख गर्दै पर्यटकलाई आकर्षित गर्न आफ्नै खालका विशेषताहरू विकास गर्नु पर्ने उल्लेख गरे । यसका लागि हामी ७ वर्ष काम गर्यौँ ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य सांसद पार्वत गुरुङले मुलुकको विकासको आधारहरू मध्ये पर्यटक प्रमुख रहेको उल्लेख गर्दै यसको विकासको लागि सबै लाग्नु पर्ने बताए ।
कार्यक्रममा जिटीनले प्रकाशन गरेको स्मारिका पर्यटनमा गुरुङ पनि विमोचन गरिएको थियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…