August 27, 2019

डोल्पो महोत्सवका लागि निमन्त्रणा दिन राजधानीमा

Dolpo Festival for Tourism Promotionकाठमाडौं । यही भदौ २४ देखि २८ गतेसम्म उपल्लो डोल्पाको धो तारापमा आयोजना हुन लागेको महोत्सवको निमन्त्रणा दिन आयोजक राजधानी आएका छन् ।

त्यहाँ पर्यटन विकासको लक्ष्यका साथ ‘दर्शन डोल्पोको, आर्जन शान्तिको’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्नलागिएको हो ।

डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा हुने उक्त महोत्सवले डोल्पो क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने उदेश्य राखेको छ ।

Dolpo Festival for Tourism Promotionमहोत्सवको सम्बन्धमा राजधानीमा आयोजित अन्तर्क्रियामा बताइए अनुसार साँस्कृतिक नृत्यहरू, घोडा दौड, तीरन्दाजीलगायतका परम्परागत खेलहरुको प्रदर्शन गर्नुका साथै बुद्ध री पैदल यात्रा परिक्रमा र धो उपत्यकाका पौराणिक गुम्बा तथा विहार अवलोकनको कार्यक्रम राखिएको छ ।

महोत्सवका आयोजक समितिका सदस्य तथा कर्णाली पर्यटन उद्यमी समाजको अध्यक्ष जगबहादुर बुढामगरका अनुसार महोत्सव हुने स्थान धो ताराप समुद्री सतह देखि ३९०० मि. देखि ४२०० मि.सम्ममा अवस्थित रहेको छ भने बुद्ध रि हिमालको काखमा र ताराप खोला तिरमा यो स्थान छ ।

डोल्पो जातिका २५० घरधुरी रहेको यो स्थान उपल्लो डोल्पाको प्रमुख ब्यापारिक केन्द पनि हो । यहाँ ८ वटा बुद्ध गुम्बा र एउटा बोन गुम्बा रहेको छ ।

महोत्सवमा उच्च ओहदाका लामाहरूबाट अध्यात्मिक प्रबचन र विभिन्न गुम्बाहरूबाट मुखौटा नृत्य, विभिन्न गाँउहरूका साँस्कृतिक नृत्यहरू, डोल्पो क्षेत्रबारे बनाइएका वृत्तचित्रहरूको प्रदर्शनी तथा डोल्पो क्षेत्रको जनजीवनसँग सम्बन्धित परम्परागत उत्पादन, कलाकृति, चित्रकला, र परम्परागत खेलहरुको प्रदर्शन गरिने जनाइएको छ ।

कसरी जाने

Dolpo Festival for Tourism Promotionहवाईमार्गबाट जान चाहनेले काठमाडौंबाट नेपालगन्ज वा सुर्खेतको जुफाल हुँदै दुनै पुगेर धो ताराप जान सक्छन् ।

सडकमार्गबाट जानेले नेपालगन्ज–सुर्खेत हुँदै जाजरकोट वा रुकुम भएर राडिजिउला–त्रिपुराकाटु–दुनै–नाम्दो–ल्हासिक्याप हुँदै धो ताराप पुग्न सक्नेछन् । डोल्पाको सदरमुकाम दुनैबाट धो तारापसम्मको यात्रा १९ घण्टाको हुनेछ ।

दुनैबाट व्याँसगार्ड–नाम्दोबगर–ल्हासीकयाप–लैनी–तिल्वा–छ्योर–नावरपानी–स्यापुक–तोलतोल–कलाङ्ग खोला हुँदै धो ताराप पुगिनेछ ।

डोल्पो बारे

हिमाल पारीको जिल्ला डोल्पा हिमालै–हिमालको जिल्ला भनेर समेत चिनिन्छ । यार्चाकुम्भुलगायतका जडिबुटीहरु यहाँ पाइन्छ । मुलुककै सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुण्डो यही पर्दछ । यहाँ बोन, बुद्धिष्ट र हिन्दुहरु बीच आपसी धार्मिक सद्भाव रहेको छ ।

Dolpo Festival for Tourism Promotionकर्णाली प्रदेशको सबैभन्दा उच्च प्रतिव्यक्ति आय डोल्पामा छ भने विश्वका अग्ला मानववस्तीहरु धो ताराप र छार्का भोट बस्तीसमेत यही जिल्लामा रहेको छ ।

यस जिल्लामा तीन वटा ७ हजार माथिका हिमालहरु पुथा हिमाल, कान्जिरोवा हिमाल, धवलागिरी र १८ वटा ६,००० मिटर माथिका पिकहरु रहेका छन् ।

तीन वटा तातोपानी पोखरीहरुरु पगार्ड, शहरतारा र दुरगाउँ रहेको छ भने नेपालको सबै भन्दा गहिरो ताल फोक्सुन्डो, जगदुल्ला ताल, सुनदह लगायत दर्जनौ हिमतालहरु यही छन् । ठूलो (मोटो) झरना फोक्सुन्डो झरना पनि यही पर्दछ ।

कति पर्यटक जान्छन्

Dolpo Festival for Tourism Promotionविगत ५ वर्षको आँकडा हेर्ने हो भने विदेशी पर्यटकहरु प्रति वर्ष एक हजार भन्दा कमले उपल्लो डोल्पा भ्रमण गरेका छन् । उपल्लो डोल्पा र तल्लो डोल्पा गरेर आर्थिक बर्ष २०७४/७५ मा १ हजार ८ सय ८४ हाराहारीमा विदेशी पर्यटकहरु र आर्थिक बर्ष २०७५/७६ मा २ हजार ६ सय ८८ जानले भ्रमण गरेको तथ्यांक छ ।

डोल्पामा पर्यटनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ४ हजार देखि ५ हजारसम्मलाई रोजगारी दिएको बताइन्छ । गत वर्ष २०७५/७६ मा लगभग ८ हजार जना आन्तरिक पर्यटकले डोल्पा भ्रमण गरेको तथ्यांक रहेको छ । डोल्पा कर्णाली प्रदेशकै पर्यटनबाट सबैभन्दा धेरै राजस्व उठाउने जिल्ला हव ।

पर्यटकका लागि बास

जुफाल १०, दुनै ३०, धो तारापमा २५ होटल र १०० होम स्टे, फोक्सुन्डो ९ होटेल र ३० होमस्टे, साल्दाङ्गमा ७ होटल र छार्का ७ होटल रहेका छन् ।

Dolpo Festival for Tourism Promotionपर्यटकीय गतिविधिहरु
– तल्लो डोल्पा परिक्रमा ट्रेक
– फोक्सुन्डो पदयात्र
– उपल्लो डोल्पा परिक्रमा ट्रेक
– डोल्पा जोम्सोम ट्रेक
– डोल्पा मुगु ट्रेक

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…