चिन्नुस् टानमा अञ्जन थापाको टिम
टानमा अञ्जनकुमार थापाको समुहका उम्मेदवारहरु ।पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन नजिकिंदै गर्दा परिणाम कस्तो आउला भन्ने खुल्दुली छ ।
साथै कुन समुहमा के कस्ता व्यक्तिहरुले उम्मेदवारी दिएका छन् भन्ने पनि आम व्यवसायीलाई खुल्दुली लाग्नु स्वभाविकै हो । त्यसैले हामीले यहाँ नेकपाको तर्फबाट टानमा नेतृत्वको दावी गरेका अञ्जन थापाको टीमका पदाधिकारीहरुको छोटो विवरण दिएका छौं ।
अञ्जनकुमार थापा
अध्यक्षका प्रत्यासी
वि.सं. २०३४ सालमा धादिङ जिल्लामा जन्मिएका थापा पर्यटन क्षेत्रमा २०५४ सालमा प्रवेश गरेका हुन् । पर्यटन गाइडका रुपमा व्यवसायमा प्रवेश गरेका थापा हाल होटलदेखि विभिन्न किसिमका पर्यटन ब्यवसायसंग आवद्ध छन् । उनी २०११ देखि २०१३ सम्म टानको कोषाध्यक्ष भएर २ वर्षे कार्यकाल विताइसकेका व्यक्ति हुन् । उनी हाल आसाही ट्रेक्स एन्ड एक्सपिडिसन प्रा. लि.का निर्देशक छन् ।
ऋषिप्रसाद नेपाल
बरिष्ठ उपाध्यक्षका प्रत्यासी
विसं २०३६ सालमा धादिङमा जन्मिएका ऋषिप्रसाद नेपाल पर्यटक क्षेत्रमा २० वर्षदेखि आवद्ध छन् । पर्यटक गाइडका रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका नेपाल हाल इन्काउन्टर्स नेपाल डट कम प्रा. लि. का निर्देशक हुन् । उनी काठमाडौँ इन्भाइरोमेण्टल एजुकेशन प्रोजेक्ट (कीप) को कोषाध्यक्ष समेत छन् ।
प्रकाशचन्द्र देवकोटा
प्रथम उपाध्यक्षका प्रत्यासी
वि.सं. २०३२ सालमा गोरखाको भिमसेन गाउँपालिका (मसेल) मा जन्मिएका देवकोटा करिव २२ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छन् । आफ्ना अग्रजहरुको पाइला पछ्याउदै पोटरको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका देवकोटा हाल नेपाल गाइड ट्रेक्स एण्ड एक्सपिडिसन प्रा. लि.का निर्देशक छन् ।
तेञ्जिङ शेर्पा
द्वितीय उपाध्यक्षका प्रत्यासी
वि.सं. २०३९ सालमा सोलुखुम्बु जिल्लामा जन्मिएका शेर्पा १७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छन् । नेपाल शेर्पा संघको केन्द्रीय सदस्यसमेत रहेका शेर्पा पिओर भिजन एडभेञ्चर प्रालिका निर्देशक हुन् । उनी पर्यटन सँगै विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिया छन् ।
सरिता लामा
महासचिवका प्रत्यासी
वि.सं. २०३८ सालमा रामेछापमा जन्मिएकी लामा १५ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छिन् । नर्सिङ पेशामा रहेकी लामा विकट क्षेत्रमा स्वास्थ्य सेवा दिने क्रममा पर्यटन क्षेत्रमा प्रवेश गरेकी हुन् । उनी हाल अफ द वाल ट्रेकिङ प्रालिका निर्देशक छिन् । पर्यटकीय क्षेत्रको ट्रेकिङ व्यवसायको क्षेत्रमा अनुभव भएकी लामाले टानको सदस्य भएर समेत काम गरिसकेकी छिन् ।
दामोदर ढकाल
सचिवका प्रत्यासी
वि.सं. २०४३ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका ढकाल २२ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छन् । उनी हाल मिसन नेपाल होलिडेज प्रालिका प्रवन्ध निर्देशक हुन् । उनी पर्यटन सँगै विभिन्न सामाजिक कार्यमा पनि सक्रिया छन् ।
टेकबहादुर खकुराल
कोषाध्यक्षका प्रत्यासी
वि.सं. २०२६ सालमा धादिङमा जन्मिएका खकुराल ८ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध छन् । सन् १९९८ मा टुर गाईडका रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका खकुराल हाल ले पोख्त दि लाभेञ्चुर प्रालिका सञ्चालक छन् । उनले सन् १९९९ मा उक्त कम्पनी स्थापना गरेका हुन् । पर्यटक क्षेत्रसँगै खकुरालसँग होटल सञ्चालनको समेत अनुभव छ ।
त्यसैगरी सहकोषाध्यक्षमा प्रदीप पण्डित, महिला सदस्यमा ङिमादिकी शेर्पा तथा सदस्यहरुमा सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङमा शेर्पा र ठाकुर सापकोटाले थापा समुहबाट उम्मेदवारी दिएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…