टानको ४१ औँ साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरु पुरस्कृत
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले सात पत्रकारलाई पुरस्कृत गरेको छ । टानको ४१ औँ साधारण सभाको अवसरका दिइएको उक्त पुरस्कार जनही दश हजार रुपैयाँको रहेको छ ।
पुरस्कृत हुने पत्रकारहरुमा नागरिकखवरका अध्यक्ष डण्ड गुरुङ, राष्ट्रिय समाचार समितिका सीवी अधिकारी, दी हिमालयन टाइम्सका अर्पण आले मगर, अनलाइनखबरमा अच्युत पुरी, मेगा टिभीका कल्पना महर्जन, दियो पोस्टका सुदीप बिके र योहो टिभीका डोमा शेर्पा रहेका छन् ।
पुरस्कार छनौटका लागि भोजराज भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो ।
त्यसै गरी टानले ६० हजार रुपैयाँ राशिको रवीन्द्र अधिकारी पुरस्कारबाट २४ औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामी रिता शेर्पा, ५० हजार रुपैयाँ राशिको डा. हर्क गुरुङ पुरस्कारबाट प्राध्यापक डा. प्रेम शर्मा, ३० हजार राशिको प्रथम महिला आरोही पासाङ ल्हामु शेर्पा पुरस्कारबाट माया शेर्पा र २५ हजार रुपैयाँ राशिको पेमा डोमा शैक्षिक पुरस्कारबाट काठमाडौँ इन्भारोमेन्ट एजुकेसन प्रोजेक्ट (कीप) लाई पुरस्कृत गरियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…