इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष स्थापना गरिने
सरकारले काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनाउने इन्द्रजात्रा पर्वको सञ्चालन र व्यवस्थापनकाल लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गर्ने भएको छ । सरकारले ५ करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न लागेको हो ।
सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दिएको जानकारी अनुसार कोषमा सङ्घीय सरकारबाट १ करोड ५० लाख, प्रदेश ३ सरकारबाट १ करोड, काठमाडौँ महानगरपालिकाबाट २ करोड र गुठी संस्थानबाट ५० लाख योगदान रहने छ ।
इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी बिशेष गरेर नेवार समुदायले मनाउने जात्रा हो, यसलाई येँया पुन्हि पनि भनिन्छ ।
इन्द्रजात्राको प्रमुख कार्य लिंगो (ध्वजा) ठड्याउने हो । बसन्तपुरको दरबार क्षेत्रमा लिंगो ठड्याएपछि यो झात्रा सुरु हुन्छ । आठ दिनसम्म विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ ।
आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनलाई इन्द्रजात्राको रुपमा मनाउन थालेको किंबन्दती रहेको छ ।
त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको बताइन्छ । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…