खराब मौसमले लुक्ला विमानस्थल बन्द भएपछि पर्यटक अलपत्र, अझै तीन दिन बन्द हुने सम्भावना
काठमाडौँ । तीन दिनयता एभरेस्टको ढोकाको रूपमा रहेको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल बन्द भएपछि पर्यटकलाई सास्ती भएको छ । खराब मौसमका कारण विमानस्थल बन्द भएको हो ।
शनिवारको पहिलो उडानपछि सोमबारसम्म विमानस्थल पूर्ण रूपमा बन्द छ । पर्यटकीय सिजन सुरु भएसँगै विमानस्थल बन्द हुन पुगेपछि फर्कने पर्यटकहरू लुक्ला विमानस्थलमै अलपत्र छन् भने त्यता जान चाहनेहरू पनि रोकिएका छन् ।
विमानस्थल स्रोतका अनुसार अझै केही दिन मौसममा सुधार हुने छाँट देखिएको छैन । मौसम विज्ञान विभागका अनुसार अझै २/३ दिनसम्म लुक्ला क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । विभागको अनुमान अनुसार अझै तीन दिन विमानस्थल बन्द रहने छ ।
खराब मौसमले विमानस्थल बन्द हुँदा धेरै पर्यटकहरू लुक्लामै रोकिएका छन् । विमानस्थलका एटिसी प्रमुख रोहित कर्णका अनुसार लुक्लामा पर्यटकीय सिजन सुरु भएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि भएको थियो । बन्द हुनअघि उडानहरू फुल अकुपेन्सीमा थिए ।
पर्यटकको सङ्ख्यामा वृद्धि भएको समयमा विमानस्थल बन्द हुँदा पर्यटकहरू मर्कामा परेका छन् । पर्यटकीय सिजन सुरु भएसँगै उडान सङ्ख्या बढाउने तयारीमा विमान कम्पनीहरू थिए ।
खुम्बु क्षेत्रसम्म सडक पहुँच नपुगेका कारण पनि यात्रुका लागि हवाई जहाजको विकल्प कम हुन्छ । एक दिनको पैदल यात्रा पछि मात्र सडक मार्ग प्रयोग गर्न सकिने भए पनि बर्खाको समयमा करिब दुई दिनको पैदल हिँड्नु पर्ने हुन्छ ।
नेपाल भ्रमणमा आउने पर्यटकको एक प्रमुख गन्तव्य सगरमाथा क्षेत्र हो । त्यसैले सिजनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउने पर्यटकको चाप अत्यधिक हुन्छ ।
सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा यो बेला मौसम अनुकुल हुँदा दैनिक तीन सयभन्दा बढी पर्यटक आउने गर्छन् । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै लुक्लामा उडान गर्ने विमान कम्पनीहरूले समेत उडान थप गर्ने गर्दछन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…