मौसम अनुकूल भएपछि मात्र आरोहण गर्न गराउन सरकारको अनुरोध
काठमाडौँ । पर्यटन विभागले केही दिनयता मौसम खराब भएको भन्दै आरोहणका लागि विभिन्न हिमाल पुगेका आरोहीलाई आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।
मङ्गलवारदेखिको जारी वर्षा रोकिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान विभागले प्रतिवेदन दिएपछि पर्यटन विभागले वर्षा रोकिएपछि मात्रै आरोहणका लागि जान आग्रह समेत गरेको छ ।
त्यस्तै विभागले आरोहणसँग सम्बन्धित एजेन्सीहरूलाई समेत वर्षाका कारण हुन सक्ने जोखिमसँग सजग हुन भनेको छ । विभागको होटेल तथा पर्वतारोहण डिभिजनले असोज २ गतेसम्म मौसम प्रतिकूल रहने उल्लेख गर्दै आफूमार्फत विभिन्न हिमाल आरोहणमा गएका आरोहीहरूको सुरक्षादेखि सुरक्षित बसोबासको व्यवस्था गर्ने एजेन्सीहरूलाई अनुरोध गरेको छ ।
विज्ञप्ति भनिएको छ, ‘मौसमको अनुकूलताको ख्याल राखेर मात्र आरोहण कार्य गर्नु/गराउनु हुन समेत विभिन्न ट्रेकिङ एजेन्सीलाई अनुरोध छ ।’
यस सिजनमा मात्रै १८ हिमाल आरोहणका लागि ४७ देशका ४८ समूहमा रहेका ३ सय ९८ आरोहीले अनुमति लिइसकेका छन् । त्यो भन्दा ठुलो समूहमा उनीहरूको पथप्रदर्शकको रूपमा नेपाली गाइडले पनि अनुमति लिएका छन् ।
अनुमति लिएका धेरै जसो आरोहीहरू मौसमको अनुकूलता पर्खेर विभिन्न हिमालको आधार शिविरलगायतका स्थानमा छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…