September 19, 2019

७० वर्षभन्दा माथिकालाई ५० प्रतिशत हवाई भाडा छुट

Nepal airlines corporationकाठमाडौं । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा ज्येष्ठ नागरिकलाई छुट दिने भएको छ ।

आन्तरिक उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आधा अर्थात् ५० प्रतिशत छुट दिने निगमले बुधवार एक विज्ञप्ति निकालेर जनाएको हो ।

निगमको गत भदौ ३० गते बसेको उच्चस्तरीय समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि आफ्नो एक वर्षे कार्य योजना सार्वजनिक गर्ने क्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिलाउने उल्लेख गरेका थिए ।

समितिले मन्त्रीको सोही कार्य योजना कार्यान्वयनको चरणमा छुटको निर्णय गरेको हो । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले उमेर पुगेको प्रमाणित कागजपत्र उपलब्ध गराएपछि निगमको प्रधान कार्यालय, विराटनगर र नेपालगन्ज कार्यालयबाट छुट पाइनेछ ।

हवाई भाडा छुट दिने मन्त्रीको कार्य योजनामा निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीहरूले भने असहमति जनाएका छन् । उनीहरुले विज्ञप्ति नै जारी गरेर छुट दिन नसकिने उल्लेख गरेको छ ।

निगमले संस्थागत सामाजिक उत्तरदायित्वलाई कार्यरुप दिन आन्तरिक उडानमा क्यान्सर पीडित बिरामीहरूलाई समेत निःशुल्क र छुटमा टिकट उपलब्ध गराउँदै आएको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…