यस्तो देखिन्छ काठमाडौँ–सगरमाथा हेलिकप्टरबाट
धेरैले सगरमाथा क्षेत्रको माउन्टेन फ्लाइट गरेका छन् । उनीहरूले विमानबाट सगरमाथा र हिम शिखरहरू नजिकैबाट देखेका पनि छन् । तर हेलिकप्टरमा काठमाडौँबाट सगरमाथा आधार शिविरसम्मको यात्रा भने कमैले गरेका छन् ।
हेलिकप्टरबाट कस्तो देखिएला? किन पनि जहाज र हेलिकप्टरमा फरक छ भने हेलिकप्टर जहाज भन्दा जमिनबाट छोटो दुरी उड्छ । जहाजबाट नदेखिने र नचिनिने स्थान र बस्तुहरू हेलिकप्टरबाट सहजै देख्न र चिन्न सकिन्छ ।
यहाँ हामीले काठमाडौँबाट सगरमाथा आधार शिविरसम्मको हेलिकप्टरबाट देखिने दृश्य प्रस्तुत गरेका छौँ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…