२० फोटोमा छोटो मिठो मार्दी हिमाल ट्रेक
काठमाडौं । सडक सञ्जालको बिस्तारसँगै पुराना ट्रेकिङ ट्रेलहरू छोट्टिनै गएका छन् । साथै नेपालीहरूमा पनि ट्रेकिङको बानी बस्दै गएको छ । यसले गर्दा वैकल्पिक ट्रेकिङ ट्रेलहरूको खोजी, प्रवर्द्धन र विकास आवश्यकता बन्न थालेको छ । साथै नेपालीहरूका लागि अलि छोटो र सजिलो ट्रेकिङ ट्रेलहरूको खोजी र विकास आवश्यक भएको छ ।
यो दुवै विकल्पलाई पुरा गर्छ मार्दी हिमाल ट्रेकिङ ट्रेलले । विश्वकै चर्चित अन्नपूर्ण सर्किटमा मनाङ र मुस्ताङसम्म सडक बिस्तार भएपछि यसले पर्यटकहरूको पदयात्रा छोट्ट्याएको छ । त्यसैले अहिले यही अन्नपूर्ण क्षेत्रमा मार्दी हिमाल बेस क्याम्पसम्मको ट्रेल चर्चित बनेको छ ।
यो ट्रेल विदेशी र नेपाली दुवै थरी ट्रेकिङ मन पराउनेहरुबीच लोकप्रिय पनि हुँदैछ । यो ट्रेलमा ट्रेकिङ गरेका अधिकांश यदयात्रीहरुले एक पटकमा नअघाउने बताउने गरेका छन् । विवेकशील पार्टीका अध्यक्ष उज्वल थापाले आफ्नो ब्लगमा लेखेका छन्, ‘अन्नपूर्ण हिमशृङखला र अन्य हिमालहरूलाई नजिकबाट नियाल्न मिल्ने सबैभन्दा छोटो ट्रेकमध्ये एक हो – मार्दी (माछापुच्छ्रे) हिमाल ट्रेक ।’
यो ट्रेलबाट अन्नपूर्ण रेञ्ज, धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायतका हिमालहरू देखिन्छन् । साथै, हरियाली जङ्गल, मानव बस्तीको स्थानीय स्वाद तथा सँस्कृत अवलोकन गर्दै जान पाइन्छ । यो पाँच दिनदेखि एक हप्तामा पुरा गर्न सकिन्छ ।
All Photos : Dawa Lama Tamang/Traveltimes Trek
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…