श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई भाडामा छुट दिने
काठमाडौं । नीजि क्षेत्रको श्री एयरलाइन्सले जेष्ठ नागरिकलाई हवाई भाडामा छुट दिने भएको छ । एयरलाइन्सले सोमबार एक विज्ञप्ति जारी गरी आगामी असोज १२ अर्थात घटस्थापनाको दिनदेखि हवाई भाडामा छुट दिने जनाएको हो ।
विज्ञप्ति अनुसार ८५ वर्ष उमेर पुगेकालाई ५ सय रुपैयाँ मात्रै हवाई भाडा लिने र ७५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिइने छ ।
उडान भाडा छुटका लागि जेष्ठ नागरिकले आफ्नो उमेर खुलेको प्रमाण देखाउनु पर्ने छ । हवाई भाडा छुटका लागि एयरलाइन्सको टिकट बिक्री काउन्टर, वेबसाइट वा मोवाइल एपबाट मात्रै टिकट खरिद गर्दा लागु हुनेछ ।
त्यस्तै एयरलाइन्सले जेष्ठ नागरिकको सहुलियत लिएकालाई अन्य छुट नहुने, टिकट रद्द वा परिवर्तन गर्न नपाउने र एक उडानमा दुई जनालाई मात्रै भाडा छुट दिने एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।
केही समयअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्ष पुगेका नागरिकलाई ५० प्रतिशत छुट दिन निजी एयरलाइन्सलाई आग्रह गरेका थिए । निजी एयरलाइन्सहरुले भने भाडा छुट दिन नसकिने बताउँदै आएका छन् । श्री एयरलाइन्सले ७५ वर्ष माथिकालाई छुट दिन लागेको हो ।
सरकारी स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमले भने ७० वर्ष माथिका जेष्ठ नागरिकलाई असोज १ गतेदेखि ५० प्रतिशत भाडा छुट दिन थालेको छ ।
सन् २०१७ देखि आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले तीन वटा विमानवाट तराईका ५ गन्तव्यमा नियमित उडान गर्दै आएको छ । जसमा भद्रपुर, बिराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढी छन् ।
बम्बाडियर विमानबाट आन्तरिक उडान गर्दै आएको श्रीले केही समय अघि अन्तराष्ट्रिय उडान अनुमतिसमेत पाएको छ । उसले भारतको बनारसमा परिक्षण उडान समेत गरिसकेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…