डा. हर्क गुरुङका नखुलेका पाटोहरू
काठमाडौँ । योजना तथा पर्यटनविद् डा. हर्क गुरुङको १३ औँ स्मृति दिवस राजधानी र उनकै जन्मस्थान लमजुङको तराचेमा सोमबार मनाइयो ।
राजधानीमा नेपाल पर्वतारोहण सङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घलगायतका संस्थाले संयुक्त रूपमा र जन्मस्थानमा डा. हर्क गुरुङ स्मृति केन्द्र आयोजना गरेको हो ।
राजधानीको कार्यक्रममा डा. हर्कका नखुलेका पाटाहरूको बारेमा चर्चा भएको थियो । नीति अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष डा. गणेश गुरुङले धेरैले याद नगरेका डा. हर्कका विविध पाटोहरूको बारेमा चर्चा गरेका थिए ।
गुरुङका अनुसार समयक्रमसंगै डा. हर्कका परिचयमा पनि परिवर्तन आएको बताए । ‘उहाँ काठमाडौँ पढ्न आउँदा हर्क गुरुङ लेकाली लेख्नु हुन्थ्यो’ गुरुङले भने, ‘त्यस बेला उनी नेवारहरूका बिचमा थिए ।’

पटना पढ्न जाँदा उहाँले हर्क गुरुङ नेपाली लेख्ने गरेका थिए । ‘त्यस बेला उहाँ भारतीयहरूको बिचमा हुनुहुन्थ्यो’ उनले भने ।
त्यसपछि योजनाविद् तथा मन्त्री भए । त्यही परिचय पाए । ‘त्यसपछि उहाँ आफैले आफूलाई परामर्शदाता भन्न रुचाउँनु भयो’ गुरुङले भने, ‘उहाँले जीवनका अन्त्यतिर लेंघे गुरुङ लेख्न थाल्नु भएको थियो ।’ लेंघे भनेको गुरुङको एउटा थर हो । यस अवधिमा उनले बढी मात्रमा आदिवासी आन्दोलन र सीमान्तकृतहरूको बारेमा कुरा गरेको गुरुङको बुझाइ रहेको छ ।
डा. हर्कको अन्य पनि पाटोहरु रहेको गुरुङले बताए । उनका अनुसार डा. हर्क चित्रकार थिए । आफैले आफ्नो पोट्रेट बनाए । कागमारा हिमाल आरोहणमा जाँदा असफल भएका थिए । उनले लेखेका पनि छन्, ‘छली कागमारा ।’
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…