September 24, 2019

हिमाल आरोहण सम्पर्क अधिकृतहरूलाई तालिम

Hotels in Everest Base camp going to reopen

काठमाडौँ । विभिन्न हिमाल आरोहणका क्रममा खटिने सम्पर्क अधिकृत (लियाजन) हरूको तालिम सञ्चालन गरिएको छ । आफ्नो जिम्मेवारी पुरा नगरेको भन्दै आलोचना भइरहेको बेला तालिम सुरु भएको हो ।

प्रत्येक वर्ष दुई पटक सम्पर्क अधिकृतहरूका लागि तालिम गरिन्छ । यस वर्षको तालिम आइतबारबाट सुरु भएको हो । सात दिने तालिममा विभिन्न विभाग र निकायका गरी ७० जना सहभागी रहेको पर्यटन विभागले जनाएको छ ।

सम्पर्क अधिकृतहरू पर्वतारोहणको आधारभूत तालिम लिएको हुनुपर्छ । तालिम नलिएका कर्मचारीहरू हिमाल आरोहणको सम्पर्क अधिकृतको रूपमा जान नपाउने विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

उनका अनुसार तालिममा निजामती सेवाका अधिकृत, स्नातक गरेका नायव सुब्बा, राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीका अधिकृत, प्रवेशिका परिक्षा उत्तीर्ण गरी सगरमाथाको आरोहण गरिसकेका कर्मचारी, आरोही तथा गाइडहरू तालिममा सहभागी छन् ।

तालिमको आयोजना नेपाल सरकार, पर्यटन विभाग, नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल पर्वतीय प्रतिष्ठानले संयुक्त रूपमा गरेको हो ।

उक्त तालिममा सगरमाथा आरोहण सम्पन्न गरेका आरोही, शेर्पा गाइडहरू, आइसफल डाक्टर, विभागका महानिर्देशक घिमिरे तथा नाथमका प्रतिनिधिहरूले सहजीकरण गरिरहेका छन् ।
हरेक दिन बिहान हुने तालिमको शुल्क पाँच हजार एक सय रुपैयाँ रहेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…