नेपाल आउने पर्यटकको सङ्ख्यामा ९ प्रतिशत वृद्धि
काठमाडौँ । गत वर्षको तुलनामा पछिल्लो ८ महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या ९ प्रतिशतले वृद्धि भएको छ ।
अध्यागमन विभागका अनुसार यस वर्षको आठ महिनामा ७ लाख ४२ हजार ६ सय विदेशी पर्यटक नेपाल आएका छन् । गत वर्ष यस अवधिमा ६ लाख ८० हजार ९७४ विदेशी पर्यटक आएका थिए । यो संख्या सन् २०१९ को जनवरीदेखि अगष्टको अन्तिमसम्मको तथ्यांक हो ।
आएका मध्ये ६ लाख १९ हजार ७६५ पर्यटक हवाई र १ लाख २२ हजार ८३५ सडक यातायातबाट आएका हुन् ।
यसरी आउने पर्यटकमा भारतीय सबैभन्दा धेरै छन् । पर्यटन बोर्डले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार आठ महिनामा कुल १ लाख ४२ हजार २८६ भारतीय नेपाल आएका छन् ।
भारतीय पर्यटकको सङ्ख्यामा गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
दोस्रोमा चिनियाँ पर्यटकको सङ्ख्या रहेको छ । पछिल्लो आठ महिनामा १ लाख ६ हजार ५० चिनियाँ पर्यटक आएका छन् । यो गत वर्षको यही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशत बढी हो ।
त्यस्तै सार्क राष्ट्रबाट आउने पर्यटकको सङ्ख्यामा पनि ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । सार्क राष्ट्रबाट आठ महिनाको अवधिमा २ लाख ४ हजार १९२ पर्यटक नेपाल आएका छन् ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…