September 27, 2019

गण्डकी प्रदेशको आन्तरिक पर्यटन ‘सेल्स मिसन’ प्रदेश ५ मा

Gandaki Tourism sales mission (5)
प्रदेश ५ मा विश्व पर्यटन दिवसका दिन आइपुगेका विदेशी पर्यटकलाई स्वागत गर्दै गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल र प्रदेश ५ का लीला गिरी । गण्डकीको टोली आन्तरिक पर्यटन प्रबर्द्धनको कार्यक्रम लिएर त्यहाँ पुगेका हुन् ।

काठमाडौँ । आन्तरिक भ्रमण वर्ष २०१९ लाई प्रवर्द्धन गर्नका लागि गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्साल नेतृत्वको टोलीको ‘सेल्स मिसन’ प्रदेश पाँचमा पुगेको छ । त्यही टोलीले विश्व पर्यटन दिवस मनाएको छ ।

गण्डकी प्रदेशको पर्यटकीय स्थल, संस्कृति तथा गतिविधिका बारेमा प्रचार प्रसार गर्न विभिन्न प्रदेशको भ्रमणमा निस्किएका पर्यटन मन्त्रालयका अधिकारी, पर्यटन व्यवसायी, कलाकार तथा पत्रकारसहित ५० जना टोलीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बिदाइ गरेका थिए ।

पहिलो चरणमा टोलीले प्रदेश–१, २, ३ र ५ को भ्रमण गरी आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू गर्नेछ ।

Gandaki Tourism sales mission (6)करिब एक हप्ताको यो कार्यक्रममा चारै प्रदेशका मुख्यमन्त्रीहरुसँगसमेत भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ । टोलीले भ्रमणका क्रममा विभिन्न स्थानीय निकायका पदाधिकारी, त्यस क्षेत्रका उद्योगी व्यवसायी तथा घुमफिरमा चासो राख्नेहरूसँग भेटघाट, अन्तर्क्रिया र छलफल पनि गरिरहेको छ ।

टोलीमा प्रजापति पराजुली, प्रकाश सपुत, रामजी पौडेललगायतका कलाकारहरू पनि छन् । उनीहरूले बिहीबार साँझ गण्डकी प्रदेश घुम्न जाऊँ भन्ने सन्देशसहितका गीतहरू पाल्पामा गाएका थिए ।

गण्डकी प्रदेशको पर्यटन भ्रमण वर्षका स‌ंयोजक जुद्ध गुरुङका अनुसार यस अभियानमा प्रादेशिक सरकारका साथै निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरू बिच व्यापारिक वार्तालाप, अनुभव आदान प्रदान तथा अन्य व्यावसायिक कार्यक्रमहरू तय गरिने छ । त्यसैगरी गण्डकी प्रदेश सरकारको तर्फबाट पर्यटन मन्त्री विकास लम्सालले प्रदेश नं. १, २, ३ र ५ का मुख्यमन्त्रीमार्फत सरकारी, गैरसरकारी निकायहरूलगायत स्थानीयलाई गण्डकी प्रदेश भ्रमणका लागि निम्तो दिइने समेत गुरुङले बताए ।

Gandaki Tourism sales mission (1)

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…