हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनमा उडान भर्ने
काठमाडौँ । निजी क्षेत्रको हिमालय एयरलाइन्सले आगामी कात्तिकदेखि चीनमा उडान भर्ने भएको छ । आइतबार पत्रकार भेटघाट आयोजना गरी हिमालयले कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा उडान गर्ने जानकारी गराएको हो ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीन उडानसँगै मलेसियामा समेत उडान तयारी गरिरहेको जानकारी दिए । हिमालयले मलेसियाको उडान केही समय अघि बन्द गरेको थियो ।
सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर, साउदी अरबको दमाम, युएईको दुबई र कतारको दोहा गरी चार वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको छ ।
हिमालयसँग एयरबस ए–३२० सिरिजका १५८ सिट क्षमताका तीन वटा विमान छन् । तिनै मध्यको एउटा एयरबस भियतनामको ब्याम्बो एयरलाई एक वर्षका लागि भाडामा दिएको छ ।
हिमालयले विमान थपेर चिनियाँ सहरहरु नाङचाङ, चोङकिङ, चाङ्सा, गुइयाङलगायतका सहरमा उडान बिस्तार गर्ने तयारी गरिरहेको छ ।
फेरियो लगानीकर्ता
हिमालय एयरलाइन्समा ५१ प्रतिशत शेयर यति वर्ल्ड कम्पनीको रहेको छ भने ४९ प्रतिशत लगानी तिब्बत एयरलाइन्सको रहेको थियो ।
तिब्बत एयरलाइन्सको उक्त शेयर चीनको सरकारी स्वामित्वको तिब्बत सिभिल एभियसन डेभलप्मेन्ट एन्ड इन्भेस्टमेन्टले किनेको छ ।
शेयर हस्तान्तरणको सम्पूर्ण काम चीनमा सम्पन्न भइसकेको छ भने नेपालमा कागजी प्रक्रिया भइरहेको हिमालयले जनाएको छ । लगानीकर्ता फेरिएपछि हिमालयले कम्पनीको लोगो समेत परिवर्तन गरेको छ ।
सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले विभिन्न कारण देखाएर चीनमा उडानको अनुमति नपाइरहेको बेला निजी क्षेत्रको हिमालयले भने उडान मिति तय गरेको हो ।
यसअघि सरकारले नै कूटनीतिक पहल गरिदिएपछि निगमले उडान अनुमति पाए पनि चिनियाँ नागरिक उड्डयनले सेप्टी अडिट गर्नु पर्ने भन्दै अन्तिम अनुमति दिएको छैन ।
गत साउन २० गते नेपाल र चिनियाँ टोलीविच भएको दुई पक्षीय हवाई सम्झौतामा दुवै देशबाट ८ वटा हवाई रुट प्रयोग गरी सातामा ९८ वटासम्म हवाई उडान गर्न पाउने व्यवस्था छ । उक्त सम्झौता अनुसार नेपालले चीनका १५ वटा विमानस्थलमा उडान अनुमति पाएको छ ।
दुई पक्षीय सम्झौतापछि नेपाली विमानका लागि चिनियाँ खुलेको हो । सन् १०९४ देखि २००७ सम्म निगमले चीनको साङ्घाई ट्रान्जिट गरी जापान उडान गर्थ्यो । लामो दुरीको अन्तर्राष्ट्रिय उडानका लागि विमान अभाव भएको भन्दै चीन र जापान उडान बन्द गरिएको १२ वर्षपछि निगमले जापानमा उडान सुरु गरे पनि चीनमा भने अनिश्चित छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…