नेपाल र युएईबीच अन्तिम हवाई सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको अन्तिम हवाई सम्झौतामा हस्ताक्षर भएको छ । क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औँ महासभाको क्रममा शनिवार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपालकातर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईको तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले हस्ताक्षर गरेका छन् ।
दुई देशबीचको द्विपक्षीय अन्तिम हवाई सम्झौतामा हस्ताक्षर गर्दै पर्यटन मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धहरूको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउने विश्वास लिएका बताए ।
हवाई सम्झौतामा हस्ताक्षर पछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै भट्टराईले दुई देशबीच हवाई सम्झौताले सहयोगको आदानप्रदान गर्न मद्दत पुग्ने बताएका छन् ।
सन् १९९९ मा पहिलो पटक हवाई सम्झौता भएको युएईसँग पछिल्लो पटक सन् २०१५ मा पुनरावलोकन भएको थियो ।
मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेका अनुसार नेपाल र युएई बिच सैद्धान्तिक हवाई सम्झौता मात्रै भएको थियो । शनिवार दुवै देशका मन्त्रीहरूले अन्तिम सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
‘मन्त्रालयले दुई देशबीच अन्तिम हस्ताक्षर गर्ने तयारी गरिरहेको थियो’ उनले भने, ‘आईकाओको महासभामा दुवै देशका मन्त्रीज्यूहरु आउने भएपछि त्यही हस्ताक्षर गर्ने तयारी गरिएको हो ।’
अन्तिम हवाई सम्झौता अनुसार अव दुवै देशबाट सातामा ७०/७० वटा उडान गर्न पाउनेछन् । हाल युएईमा नेपालका दुई र युएईका दुई एयरलाइन्सले नेपालमा उडान गर्दै आएका छन् । नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…