October 11, 2019

चिनियाँ नागरिकलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्ने चिनियाँ राष्ट्रपति सीको भनाई

China’s President Xi Jinping on Tourism
चिनियाँ राष्ट्रपति सी चिनफिङ ।

काठमाडौं । नेपाल भ्रमणमा आउनु अघि चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नागरिकहरूलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरिने बताएका छन् ।

नेपाल दुई प्रमुख अखबारमा प्रकाशित उनको विशेष आलेखमा ‘नेपाल पर्यटन वर्ष २०२०’ को चीनले पूर्ण समर्थन गर्ने उल्लेख गर्दै अझ बढी चिनियाँ नागरिकलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गरिने उल्लेख गरेका हुन् ।

साथै उनले विमान सेवाका सिधा उडानहरूलाई बढाई जनताका आवतजावत बढाउन सहयोग पुर्‍याउनु पर्ने पनि उल्लेख गरेका छन् । राष्ट्रपति सीले आफ्नो आलेखमा भनेका छन्, ‘जनस्तरीय आदानप्रदानलाई व्यापक पार्नु : दुवै पक्षले शिक्षा, युवा, पर्यटन र अन्य क्षेत्रहरूका आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्नुपर्दछ, दुवै देशका विमान सेवाका सिधा उडानहरू बढाई जनताको आवतजावत बढाउन सहयोग पुर्‍याउनुपर्छ । चीनले नेपालको ‘नेपाल पर्यटन वर्ष, २०२०’ को पूर्ण समर्थन गर्दछ र अझ बढी चिनियाँ नागरिकहरूलाई नेपालमा भ्रमण गर्न प्रोत्साहित गर्नेछ । चीनले नेपालका उत्कृष्ट युवाहरूका लागि बढी सरकारी छात्रवृत्ति प्रदान गर्नेछ र नेपालको निर्माणका लागि बढी सङ्ख्यामा प्रतिभाशाली व्यक्तिहरूलाई प्रशिक्षण दिनेछ । चीन अझ बढी नेपाली विद्यार्थीहरूलाई चीनमा अध्ययन गर्न आउन स्वागत गर्दछ ।’

राष्ट्रपति सीले लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको पनि उल्लेख गरेका छन् । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य देश नेपाल भएको उल्लेख गर्दै भनेका छन्, ‘हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडानहरू छन्, हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिहरूले एकअर्काको देश भ्रमण गर्दछन् ।’

उनले थप भनेका छन्, ‘हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहरहरू बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशका विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।’

राष्ट्रपति सीको आलेखको पूर्णपाठ:

– विशेष आलेख : हिमालय वारिपारिको मैत्रीलाई नयाँ उचाइमा पुर्‍याऔं

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…