चिनियाँ राष्ट्रपतिको भनाइले उत्साही, धेरै चिनियाँ भित्र्याउने रणनीतिमा छलफल
काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका क्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई समर्थन गर्दै आफ्ना देशका नागरिकलाई नेपाल घुम्न प्रोत्साहित गर्ने बताएपछि पर्यटन क्षेत्रमा उत्साहको सञ्चार भएको छ ।
राष्ट्रपति सीको भनाइबाट उत्साहित सरकारी तथा निजी क्षेत्रले कसरी बढी भन्दा बढी चिनियाँ पर्यटक भित्र्याउन सकिएला भन्ने बारेमा रणनीतिक बनाउन छलफल सुरु गरेको छ ।
यही सिलसिलामा नेपाल पर्यटन बोर्डले बिहीबार छलफलको आयोजना गर्यो । छलफलका क्रममा पर्यटन व्यवसायी, चीनमा अध्ययन गरेर फर्किएका विद्यार्थी, चिनियाँ भाषा पढाउँदै आएका इन्सिच्यूटका प्रतिनिधिलगायतले सल्लाह र सुझाव दिएका थिए ।
पछिल्लो समय चीन प्रमुख पर्यटन उद्गमस्थलको रूपमा उदाएको छ । नेपालमा भने चिनियाँ पर्यटक दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा भारतीय छन् ।
सुझाव दिनेहरूले धेरै पर्यटक भित्र्याउन सबैभन्दा पहिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङको व्यवस्थापन गर्ने, प्रमुख पर्यटकीय क्षेत्रसम्म पुग्ने सहज बाटो नबाउने, नेपालका मुख्य पर्यटकीय क्षेत्रहरूका बारेमा विमानस्थल भित्रै अडियो/भिजुअल सामाग्री राख्नेलगायतका काम तत्काल गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै छलफलमा सहभागी अधिकांश पर्यटन व्यवसायीले चिनियाँहरू पछिल्लो समय सामाजिक सञ्जालमा धेरै सक्रिय भएकोले चिनियाँ सेलिब्रेटीलाई नेपाल भ्रमण गराएर सामाजिक सञ्जालमा सकारात्मक सन्देश दिन सकिने सुझाए ।
छलफल कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराईले चिनियाँ पर्यटक नेपाल भित्र्याउन सबैभन्दा पहिला हवाई कनेक्टिभिटीलाई बढाईने बताए ।
उनका अनुसार करिब १२ वर्षपछि निजी क्षेत्रको लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले पहिलो पटक काठमाडौँ–बेइजिङ उडानको तयारी गरेको र हिमालय पछि नेपाल वायुसेवा निगमले पनि उडान गर्ने तयारी भइरहेको छ ।
चिनियाँ र नेपाली विमानबाट दैनिक उडान हुन थालेपछि पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने उनले दाबी गरे । त्यसै गरी चिनियाँहरू पर्यटकलाई ध्यानमा राखेर लुम्बिनीमा व्यवस्थित होटेल तथा रेस्टुरेन्ट निर्माणलगायतका काम सरकारले गर्ने पनि उनले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ को पहिलो ८ महिना (जनवरी–अगस्ट) मा नेपाल भ्रमण गर्ने कुल ७ लाख ८२ हजार ६०० जना विदेशी पर्यटकमध्ये १ लाख ६ हजार ५० जना चिनियाँ छन् । यो सङ्ख्या सन् २०१८ को सोही अवधिको तुलनामा ९ दशमलव ८ प्रतिशतले बढी हो । सन् २०१८ मा चीनबाट १ लाख ३४ हजार ३६२ पर्यटक नेपाल आएका थिए ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…