October 18, 2019

कुमार पन्तको नेतृत्वमा एनआरएनएको नयाँ कार्यसमिति निर्वाचित

'अब नेपालमा अधिवेशन गर्दैनौं'

Kumar Pant, new president of Non-Resident Nepali Association
कुमार पन्त ।

गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएका छन् ।

शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार कुमार पन्तले १ सय ४७ मतान्तरले अर्का प्रत्यासी कुल आचार्यलाई पराजित गरेर अध्यक्ष चुनिएका छन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए ।

पन्तले आफु निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिंदै सम्मेलनमा बढि राजनीतिकरण गरिएको गुनासो गरे । साथै उनले अबको अधिवेशन नेपालमा नगर्नेसमेत बताए । ‘कोठाकोठामा नेताहरु आएर अनावश्यक रुपमा राजनीतिक प्रभाव पार्न खोजे’ उनले भने ।

त्यसैगरी महिलासहित ५ उपाध्यक्षमा खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् । महिला उपाध्यक्षमा आचार्य समूहका रविना थापा १ हजार २ सय २१ मतका पाएर विजयी भइन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८ सय ६३ मत ल्याइन् ।

यस्तै दुई सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् ।

कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) र सहकोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भएका छन् ।

महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।

मध्यपूर्व र अफ्रिका क्षेत्रमा भने सबै निर्बिरोध भएका छन् । मध्यपूर्व क्षेत्रको संयोजकमा प्रवीन गुरुङ, दुई उपसंयोजकमा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल निर्बिरोध चयन भएका हुन् ।

महिला संयोजकमा सुमित्रादेवी पौडेर र युवा संयोजकमा राजु रेग्मी पनि निर्बिरोध भए । अफ्रिका क्षेत्रको संयोजकमा रोशन थापा र महिला संयोजकमा मनकला थापा निर्विरोध भए ।

त्यसैगरी एशिया प्रशान्त क्षेत्रको संयोजकमा गोविन्द श्रेष्ठ (२१७) विजयी तथा दुई उपक्षेत्रीय संयोजकमा खगेन्द्र न्यौपाने (१९८) र पारसमणि पोखरेल (१९५) विजयी भएका छन् ।

महिला संयोजकमा अमृता थापा र युवा संयोजकमा दीपकप्रसाद कंडेल निर्बिरोध भएका छन् ।

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाठी (१५४), उपसंयोजकमा राम सी पोखरेल (१५०), महिला संयोजकमा उमा कार्की थापा (१४४) निर्वाचित भएका छन् भने युवा संयोजकमा विमला सापकोटा निर्बिरोध भइन् ।

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे (१०५) ३ मतान्तरले विजयी भए भने उपसंयोजकमा नवीन कंडेल (१०७) विजयी भएका छन् । त्यस्तै महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपलिया निर्बिरोध भए । त्यस्तै युरोप क्षेत्रको संयोजकमा नारायणप्रसाद आचार्य (२७४) विजयी भएका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…