October 24, 2019

पर्यटकीय सम्भावना बोकेको ‘थाप्ले टाइगर हिल’

The Thaple Tiger Hill
थाप्ले हिल ।

स्याङ्जाको फेदिखोला गाउँपालिका–४ टोर्के र पोखरा महानगरपालिका–२२ उल्लेरीको सिरानमा अवस्थित थाप्ले डाँडा पर्यटकीय सम्भावना बोकेको स्थानको रूपमा रहेको छ । स्थानीय पनि ‘थाप्ले टाइगर हील’ नामकरण गरेर यसको प्रवर्द्धनमा जुटेका छन् ।

समुद्री सतहदेखि करिब २ हजार ५६ मिटर उचाइमा रहेको थाप्लेप्रति स्थानीयको धार्मिक आस्था त छ नै साथै यहाँबाट देखिने मनोरम प्राकृतिक दृश्यले यो ठाउँको आकर्षण बढाएको छ ।

स्थानीयका अनुसार यो डाँडामा एक जना सिद्ध बाबाले कुटी स्थापना गरी तपस्या गरेर ज्ञान प्राप्त गरेका थिए । त्यसैले स्थानीय यस स्थानलाई श्रद्धाका साथ पुज्ने गर्छन् ।

The Thaple Tiger Hill
होमस्टे ।

धेरै अघि भेडाको बलि दिने गरिएपनि पछि उक्त स्थान विशुद्ध ध्यान स्थल रहेको बुझेपछि बलि प्रथा हटेको छ । बरु वैशाख पूर्णिमा बुद्ध जयन्तीको अवसरमा कुखुराको चल्ला छाड्ने परम्परा बसेको छ । साथै यस स्थानमा घण्टी र ध्वजा चढाउने गरिन्छ । थाप्ले पोखरा महानगरपालिकाको सबैभन्दा उच्च स्थान हो ।

यहाँबाट पोखरा उपत्यका मात्र होइन, लमजुङ र गोरखा पनि देख्न सकिन्छ । साथै धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गौरीशङ्करलगायतका हिमालहरू पनि यहाँबाट देख्न सकिन्छ । पश्चिममा पन्चासेको लेक र दक्षिणमा पाल्पासम्म देख्न सकिन्छ । वारिपारिको डाँडाहरू भन्दा निक्कै उच्च स्थानमा रहेकाले यस ठाउँको पर्यटकीय विकासको ठुलो सम्भावना रहेको स्थानीय बुद्धिजीवी पुष्प बहादुर गुरुङ बताउँछन् ।

खासमा टोर्के र उल्लेरी गाउँको सिरानमा रहेकाले यस स्थानलाई थाप्ले भनिएको हो । यो टोर्के, गलेम, उल्लेरी, ढाबा, भुम्दी र मकवानपुर गाउँको सामुहीक तीर्थस्थल हो । यहाँ बौद्ध इतिहासका ८४ महाशिद्धहरु मध्ये एकले यहाँ ध्यान गरेर सिद्धता प्राप्त गरेको बताइन्छ ।

The Thaple Tiger Hill स्थानीयका अनुसार यो स्थान अग्लो भएकोले यहाँबाट प्याराग्लाईडिङ गर्न सकिन्छ भने उल्लेरी–भुम्दी–गलेम टोर्के हुँदै एक बिहानको हाइकिङ गरी गुराँसको मौसममा गुराँस हेर्ने तथा अरू बेला पनि मृग, बाघ, खरायो, दुम्सी, कालिजलगायत वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रका रैथाने गुरुङहरू मध्ये धेरैले गाउँ छाडे पनि बिस्तारै ग्रामीण पर्यटनको अवधारणाले फर्कने सम्भावना बढेको छ । स्थानीयले ‘थाप्ले टाइगर हि

ल’ नाम प्रस्ताव गरेर यसको प्रचार प्रसार तथा पूर्वाधार निर्माणको प्रक्रिया सुरु गरेका छन् । यही सिलसिलामा मन्दिर वरपर चार सय मिटरको पर्खाल निर्माण गरिएको छ, करिब २० हजार लिटर क्षमताको दुई वटा पोखरी निर्माण गरिएको छ र उल्लेरीदेखि थाप्लेसम्म पुग्नका लागि ढुङ्गाको सिँढी निर्माण गरिएको छ । खेलकुद मैदान निर्माण प्रक्रियामा छ भने थाप्ले सिद्ध स्थान बृहत्तर विकासको लागि गुरु योजना तयार भइसकेको छ ।

The Thaple Tiger Hill

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…