November 10, 2019

बरेङ गाँउपालिका सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

बलेवा– बागलुङको बरेङ गाँउपालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको हो ।

गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा प्राथमिकता दिने उद्देश्यले छ पर्यटकीय तथा सांकृतिक क्षेत्र पहिचान गरी घोषणा गरिएका क्षेत्रहरुमा पूर्वाधार विकासका साथै प्रचारप्रसार पनि गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए । पश्चिमाञ्चल क्षेत्रमै प्रसिद्ध सत्यावती मन्दिर र कालिलेक सिद्धस्थानलाई सांकृतिक क्षेत्र भनिएको छ ।

त्यस्तै विभिन्न वडाका कौडेको धुरी, भैँसेझरना, भित्रीवन देउराली र भाटेपोखरा क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नीतिगतरूपमै स्थानीय तहहरुले सांकृतिक तथा पर्यटकी क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था गएिकाले सोही नीतिको अधिनमा रहेर सास्ंकृतिक तथा पर्यकीय क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए ।

गाउँपालिकाको पर्यटन विकासका साथै नेपाल भ्रमण वर्ष सन् २०२० लाई सघाउन पनि सो घोषणा गरिएको जनाइएको छ । ‘हामीले अब पर्यटन तथा सांकृतिक क्षेत्रको विकासका लागि विनियोजन भएको बजेट घोषणा भएका क्षेत्रलाई प्राथमिकतामा राख्छौँ,’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने, ‘योजनाबद्ध विकासका लागि सहज होस् भनेर छ वटा क्षेत्र घोषणा गरिएको हो ।’

स्थानीय सरकार सञ्चालन ऐनको दफा ९ उपदफा (३) मा स्थानीय सरकारले सांकृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…