November 14, 2019

बंगलादेशी राष्ट्रपति हमिदले गरे फेवातालमा जलविहार

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखराको फेवातालमा डुंगा सयर गर्दै । तस्बिरः प्रदीपराज वन्त/रासस

पोखरा– बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पोखरा पुगेका छन् । उनले मोटरबोट चढेर पोखराको फेवातालमा जलविहार पनि गरेका छन् ।

जलविहार सकेर उनी फेवातालकिनारास्थित फिस्टेल लजमा पुगेका छन्। त्यहाँ केही समय आराम गरेर सेनाको हेलिकोप्टरमार्फत रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगेर पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन्।

राष्ट्रपति हमिद काठमाडौँबाट सेनाको हेलिकप्टरमा पोखरा विमानस्थल आएका थिए । उक्त अवसरमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरेका थिए ।

उनी आजै काठमाडौं फर्कने छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपति हमिद मंगलबार ४ दिने नेपाल भ्रमणमा आएका हुन।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…