धनगढी विमानस्थलका उडान एक महिना आंशिक बन्द हुने
धनगढी– कैलालीको धनगढी विमानस्थलमा मंसिर महिनाभरि आंशिक रुपमा उडान बन्द हुने भएका छन् । दिउँसो ३ बजेबाट विमानस्थल बन्द हुने भएपछि धनगढी–काठमाडौं उडान प्रभावित हुने छन् ।
धावनमार्गको मर्मतसम्भार र स्तरवृद्धिको बाँकी कामलाई निरन्तरता दिन आइतबार दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म एक महिनाका लागि उडान आंशिकरुपमा बन्द हुने धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।
गत जेठमा एक हजार ८ सय मिटरमध्ये ४ सय २० मिटर धावनमार्गमा कालोपत्र र पार्किङ क्षेत्रको काम बाँकी रहेकाले विमानस्थलको स्तेरोन्नतिका लागि आंशिक उडान मात्रै गरिने भएको हो ।
विमानस्थल कार्यालयले दिउँसो ३ देखि बेलुकी ७ बजेसम्म हुने उडानहरु अन्य समयमा गर्न विमान कम्पनीलाई आग्रह गरेको जनाइएको छ । बुद्ध एयर, श्री एयरलाइन्सले दैनिक र नेपाल एयरलाइन्सले धनगढी–काठमाडौं सातामा ३ उडान गर्दै आएको छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…