November 19, 2019

फिनल्याण्डका परराष्ट्रमन्त्रीलाई सगरमाथा संवादको निम्तो

काठमाडौं– युरोप भ्रमणमा रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र फिनल्यान्डका परराष्ट्रमन्त्री पेक्का हाभिस्तोबीच फिनल्यान्डमा भेटवार्ता भएको छ ।

मन्त्री पोखरेलले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट यहाँ आयोजना हुने सगरमाथा संवाद २०२० का लागि फिनल्याण्डका मन्त्रीलाई निमन्त्रणा हस्तान्तरण गरेका छन् । उक्त अवसरमा दुवै मन्त्रीबीच शिक्षा क्षेत्रमा नेपाललाई नमूनायोग्य बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको भेटमा सहभागी मन्त्री पोखरेलका निजी सचिव विनोद न्यौपानेले जानकारी दिए ।

भेटमा नेपालका लागि फिनल्याण्डका राजदूत पेर्ती अन्टिएन, मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मी, तामाङ सोसाइटीका अध्यक्ष टासी तामाङलगायत सहभागी थिए । मन्त्री पोखरेल फ्रान्सको पेरिसमा भएको युनेस्कोको ४०औँ महासभा बैठकमा भाग लिई फिनल्याण्ड भ्रमणमा गएका हुन् ।

– रासस

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…