November 21, 2019

गलकोट घुम्टेमा महोत्सव

बागलुङ — बागलुङको पुरानो सदरमुकाम रहेको क्षेत्रलाई पहिचान गर्न बुधबारदेखि दोस्रो गलकोट घुम्टे महोत्सव सुरु भएको छ।

गलकोटका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रको एकीकृत गुरुयोजना बनाउन महोत्सव आयोजना गरिएको घुम्टे पर्यटन विकास समितिले जनाएको छ । बुधबार सुरु भएको महोत्सव मंसिर ११ सम्म चल्नेछ ।

गलकोटमा घुम्टे, कोटमैदान, निलुवा, राम्चेढुंगा, पाण्डवखानीलगायत पर्यटकीय स्थानसँगै चौबिसे राज्यका बेलाको गलकोट दरबारसमेत छ।
यी सबै क्षेत्रलाई सडक मार्गले जोड्ने र पर्यटक भित्र्याउने गरी विकासको मोडल बनाउने महोत्सवको लक्ष्य छ।

बुधबार सुरु भएको दोस्रो महोत्सवको उद्घाटन पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले गरेका थिए । पहिलो पटक २०६३ मा यहाँ महोत्सव आयोजना गरिएको थियो ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…