राइड थ्रु सिन्धुलीगढी सुरु, २ सय १० जना सहभागी, पर्यटनमन्त्रीले गरे उद्घाटन
काठमाडौं । राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा शुक्रबार बिहान सुरु भएको छ । साइकलयात्राको शुक्रबार विहान पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट शुभारम्भ गरेका हुन् ।
त्यस अवसरमा मन्त्री भट्टराईले विश्व साइकलयात्री पुष्कर शाहलाई नेपालको झण्डा हस्तान्तरण गरे । त्यसैगरी साइकल यात्राको नेतृत्व गर्ने देवेन्द्र बस्नेत, महिला यात्रीको नेतृत्व गर्ने
सजल प्रधान र १० वर्षे साइकल यात्री सुयोग मानसिंह बस्नेतलाई राइडको झण्डा हस्तान्तरण गरे ।
समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष उल्लेख्य सहभागिता छ । राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १७१ जना साइकलयात्री सहभागी छन् । त्यसमा पुरुष १ सय ५३ जना र महिला १८ जना हुनेछन् । यात्रामा सहयोजीसहित २ सय १० जना सहभागी हुनेछन् ।
यस वर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थ्रु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थ्रु सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । ‘यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्’ आयोजक समृद्ध सिन्धुली अभियानका अध्यक्ष घिमिरेले भने, ‘हाम्रो साइकलयात्राले अन्तराष्ट्रिय पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।’
तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्नवर्द्धन गर्ने अभियानको योजना छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…