November 24, 2019

भ्रमण वर्षमा पर्वतारोहण संघका पाँच कार्यक्रम

Visit Nepal 2020

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० अभियान नजिकिँदै गर्दा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निकायले भ्रमण वर्ष अवधिमा गरिने विभिन्न कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

होटल, घरवास कार्यक्रम ‘होमस्टे’ लगायत संस्थाले सेवा स्तरोन्नतिका साथै छुटसहितका कार्यक्रम पनि घोषणा गरेका छन् । यसै सन्दर्भमा पर्वतारोहणको छाता संगठन नेपाल पर्वतारोहण संघ (एनएमए) ले भ्रमणवर्षलाई सफल बनाउन विभिन्न कार्यक्रम गर्ने जनाएको छ

संघले भ्रमण वर्षको अवधिमा मुख्य पाँच कार्यक्रम गर्नेगरी भ्रमण वर्ष सचिवालयसँग आवश्यक तयारी भइरहेको जनाएको छ । संघका प्रमुख प्रशासकीय अधिकृत जिनेश सिन्धुराकारका अनुसार सङघले मनाङमा सन् २०२० को जनवरीको पहिलो साता ‘आइस क्लाइम्बिङ’ गर्नेछ भने जुन महिनामा धौलागिरी हिमाल आरोहणको ६० वर्ष पुगेको अवसरमा हिरक महोत्सव मनाउनेछ ।

त्यस्तै, पोखरामा पर्वतीय महोत्सव, कञ्चनजङ्घा हिमालको सफाई तथा लमजुङ हिमालको संयुक्त आरोहणजस्ता कार्यक्रम रहेका छन् । प्रस्तावित कार्यक्रमको व्यवस्थापनका लागि सचिवालयसँग छलफल भइरहेको पनि संस्थाले जनाएको छ । भ्रमण वर्षको प्रमुख पाँच कार्यक्रमसहित अन्य कार्यक्रमको खाका छिट्टै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने संघले उल्लेख गरेको छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…