November 24, 2019

तीन दिनको मौसम : देशभर आंशिक बदली, कतै वर्षा र हिमपात हुनसक्ने

काठमाडौं– पश्चिमी न्यूनचापीय न्यून चापीय प्रणालीको प्रभाव रहेकाले देशभर आंशिक देखि सामान्य बदली रहेको छ |

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम पूर्वानुमान महाशाखाको आइतबार बिहान ६ बजेको बुलेटिन अनुसार बदली भएकाले पहाडी क्षेत्रका केही ठाउँमा हलुका वर्षा तथा हिमाली क्षेत्रमा हलुका हिमपात सम्भावना रहेको छ ।

तीन दिनको मौसम यस्तो छ :

आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदलीरहि पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ। ।

राति : देशका मध्य र पूर्वी भु-भागमा सामान्य बदली रहि पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

सोमबार

दिउँसो : देशका मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक रहनेछ। पूर्वी र मध्य पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुने सक्ने देखिन्छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ।

मंगलबार

दिउँसो : पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

राति : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…