पशुपति क्षेत्रमा सतबीज उठाउन सुरु, तीन दिन लाग्ने
काठमाडौं– पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको सतवीज उठाउन सुरु गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि सतबीज छरिएको थियो ।
हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रुपमा छरिन्छ । पहिले जङ्गल हुने पशुपति क्षेत्रमा हाल पक्की संरचना बनेपछि सतबीज उम्रन पाउँदैन ।
पक्की संरचनामा सतबीजले नराम्रो देखिने भएकाले उठाउनु परेको कोषले जनाएको छ । पशुपति क्षेत्रमा निरन्तर आन्तरिक एवं बाह्य पर्यटक आउने भएकाले मुख्य मुख्य ठाउँमा छरिएको सतबीज उठाउन सुरु गरिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले बताए ।
मंगलबार दिउँसोसम्म रुद्रगाडेश्वरसहित मूलमन्दिर क्षेत्रको सतबीज उठाइसकिएको छ । साँझसम्म मुख्य स्थानको उठाइसकिने कोषले जनाएको छ । पशुपति क्षेत्रभर छरिएका सतबीज उठाउन तीन दिन लाग्ने पराजुलीले बताए ।
सतबीज उठाउन कोषको नेतृत्वमा नेपाली सेनाको कालीदल गण, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणलगायत सामाजिक संस्थाको सहभागिता छ ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…