‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज डिसेम्बर १ देखि
- विवेक गुरुङ
काठमाडौं– वी विल राईज फाउण्डेसनले आयोजना गर्ने ‘मेरो गाउँ, मेरो ठाउँ,’ भिडियो च्यालेञ्ज २०२० का डिसेम्बर १ देखि सुरु हुने भएको छ ।
गतवर्ष देखि फाउण्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेञ्ज सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमबीच यो वर्षको कार्यतालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भिडियोले ५ लाख पाउने छ ।
मुलुकभर ओझेलमा रहेका पर्यटकीय स्थल, प्राकृतिक र सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान र कला संस्कृतिलगायतका विषयमा केन्द्रित रहेर गतवर्ष देखि प्रतियोगिता गर्न थालिएको फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठले बताए ।
यो वर्ष डिसेम्बर १ देखि एक सय दिनभित्र आएका मध्ये ७० भिडियो मनोनयन गरी उत्कृष्ट १० लाई छनौट गरिने छ । छनौट भएका भिडियोलाई आउँदो अप्रिलमा पुरुस्कार वितरण गरिने भिडियो च्यालेञ्जका कार्यक्रम संयोजक प्रभात रिमालले जानकारी दिए ।
शुक्रबार आयोजित घोषणा समारोहमा नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले यस्ता प्रतियोगिताले नेपाल भ्रमण वर्षलाई थप मद्दत पुग्ने बताए । उनले भ्रमण वर्ष सफल बनाउन सबै लाग्न आवश्यक रहेको बताए । उनले यसले ग्रामीण क्षेत्रका विविध पक्षलाई चिनाउन सहयोग गर्ने भएकाले नेपाल भ्रमण वर्ष सचिवालयका तर्फबाट पाँच लाख थप गरिदिने आश्वासन समेत दिए ।
यस्तै गण्डकी प्रदेशका भ्रमण वर्ष संयोजक जुद्ध गुरुङले गाउँमा लुकेर रहेको संस्कृतिको पहिचान, भेषभुषा उजागर गर्न मद्दत पुग्ने बताउँदै यसमा सधै सहयोग रहने बताए ।
यो वर्ष नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष २०२० सचिवालय, नेपाल चलचित्र विकास वोर्ड सहभागी रहेको कार्यक्रममा गण्डकी प्रदेश र गैरआवासीय नेपाली संघको पनि सहकार्य हुने आयोजकले जानकारी दिएको छ ।
गतवर्ष जनवरी १ देखि मे ३१ सम्म चलेको च्यालेन्जमा सातै प्रदेशबाट विभिन्न विधाका १ सय ३२ भिडियो सहभागी गराइएको थियो । ती मध्ये विभिन्न १० विधागत विजेतालाई पुरस्कृत गरिएको थियो ।
यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो
चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…