December 3, 2019

गढीमाईमा बली सुरु, आज १५ हजार राँगा काटिने अनुमान

बारा– प्रसिद्ध गढीमाई मेलामा बली सुरु भएको छ । मन्दिरका मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा, परेवा, हाँस, सुंगुर र राँगाको पञ्चबली दिएसँगै सर्वसाधारणका लागि बली सुरू भएको हो ।

मनोकांक्षा पूरा भएको भन्दै राँगाको बली दिने गरिएको छ । भारत तथा नेपालका विभिन्न क्षेत्रबाट राँगा ल्याउने क्रम अझै जारी छ । मंगलबार बेलुकासम्म करिब १५ हजारको हाराहारीमा राँगा काटिने समितिको अनुमान छ ।

बधशालामा भएका राँगालाई मार हान्न खटिएका व्यक्तिहरुलाई प्रशासनले लाइसेन्स दिने गरेको छ । तर यस वर्ष सर्वोच्च अदालतको आदेशका कारण मेला व्यवस्थापन समिति र गृह प्रशासनले मार हान्ने व्यक्तिलाई लाइसेन्स उपलब्ध गराउन नसकेको मेला व्यवस्थापन समितिले जनाएको छ । अहिले स्वतस्फुर्त रुपमा मार हानिरहेका छन् ।

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…