December 3, 2019

साइकलमा सरर……

काठमाडौँ । पछिल्लो समय साइकल यात्राको लोकप्रियता बढ्न थालेको छ । युवाहरू त यसमा सौखिन छन् नै पाका उमेरका र साना नानीहरूमा पनि साइकल यात्राको रस बसेका छ ।Ride through Sindhuligadi

यही मङ्सिर ६, ७ र ८ गते आयोजित ‘राइड थ्रु सिन्धुलीगढी’मा युवा मात्र होइन, पाका र बालकहरूले पनि सहभागिता जनाए । उनीहरूले पनि पशुपतिनाथ मन्दिरबाट सुरु भएको २ सय ५० किलोमिटरको दुरी साइकल यात्रामा तय गरे । साइकल यात्रा प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथबाट ऐतिहासिकस्थल सिन्धुलीगढी हुँदै सांस्कृतिक सहर जनकपुर पुगेर टुङ्गिएको थियो ।

Ride through Sindhuligadiयात्रामा सहभागी मध्ये सबै भन्दा कान्छा नौ वर्षका शुभम श्रेष्ठ थिए । रोशनी माध्यमिक विद्यालय, गाईघाट उदयपुरमा कक्षा दुईमा पढ्दै गरेका शुभम साइकल यात्रा गर्नकै लागि काठमाडौँ आएका थिए । काठमाडौँदेखि सिन्धुली पुग्दा निक्कै रमाइलो भएको बताए । शुभमलाई अरू ठाउँमा सजिलो भए पनि उकालोमा अलि गाह्रो हुने गरेको थियो । लामो साइकल यात्राको यो पहिलो अनुभव भए पनि अव यसलाई निरन्तरता दिने उनको भनाई थियो ।

यस्तै अर्का सहभागी आदित्य श्रेष्ठले पनि निकै रमाइलो भएको बताए । लिटिल एन्जलस स्कुल, हात्तिवन ललितपुरमा पढ्दै गरेका यी १३ वर्षीय सिन्धुलीगढीको साइकल यात्रामा पहिलो पटक सहभागी भएका हुन् । उनले पनि साइकल यात्राले आफूमा ऊर्जा थपिएको बताए ।

Ride through Sindhuligadiनवअरुणीमा सेकन्डरी स्कुलमा कक्षा ४ मा पढ्दै गरेका सुयोग मानसिंह बस्न्यातले ‘राइड थ्रु सिन्धुली गढी’ अर्का कम उमेरका सहभागी थिए । उनी यो यात्रामा दोस्रो पटक सहभागी भएका थिए । दश वर्षका सुयोगले आफूभन्दा अग्रज सँगसँगै यात्रा गर्न पाएको मा खुसी व्यक्त गरे ।

यात्रामा १ सय ७१ जना सहभागी मध्ये पुरुष १ सय ५३ र महिला १८ जना थिए । समृद्ध सिन्धुली अभियानले गरेको यो कार्यक्रममा साइकल परखीहरुको उत्साहजनक सहभागी रहेको थियो ।
नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने आयोजकको भनाई छ ।

Ride through Sindhuligadi

Check Also

यसरी लुङतुङ डाँडा पुनहीलको रुपमा चर्चित बन्यो

  चर्चित भ्यु प्वाइन्ट पुनहीलको हामी मध्ये धेरैले सुनेका छौँ । पुनहीलबाट गरिने सूर्यो…